‘संसदबाट रेकर्ड हटाउने कुरालाई फेशन बनाइनु हुँदैन’:- अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

author

समाचारपाटी

२ years अगाडि

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदबाट रेकर्ड हटाउने कुरालाई फेसन बनाउनु नहुने बताउनुभएको छ । 
शुक्रवार संसद भवनमा आयोजित संसदीय प्रभावकारीतामा महिला माननीयहरुको भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसदमा विषयवस्तुहरु राख्दा आफूलाई ग्लानी हुने किसिमको नबोल्न आग्रह गर्नुभयो । उहाँले संसदमा समयको पालना, विषयवस्तुमा केन्द्रित हुनुपर्ने कुरा प्राथमिकता बन्नुपर्ने बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘आफूले संसदमा बोल्दा अग्रजहरुले यसरी बोल्नुभएको रहेछ भनेर हेर्न सकुन् । यस्तो नहोस् की आफूले बोलेको कुरा २ वर्षपछि के बोलेको होला भनेर आफैँलाई ग्लानी हुने गरेर नबोल्नु होला । पक्ष, प्रतिपक्षमा हुँदा आरोप लगाउँदा कडै दिउँ भनेर जाँदा कडा कहिलेकाहीँ रेकर्डबाट नै हटाउनुपर्ने सम्मको कडा हुन्छ । रेकर्डबाट हटाउने भन्नेकुरालाई पनि फेसनको रुपमा लिनु हुँदैन । त्यस्तो विषय बनाउनु हुँदैन । समयको पालना, विषयवस्तुमा केन्द्रित भएर बोल्नुपर्छ । हामीले भोलिका दिनमा पनि काम गर्नुपर्छ । कानूनले संविधाले बाध्यता पारेका कुरामा मात्रै होइन, बाध्य नपार्दा पनि अपरिहार्य आवश्यकता हो भनेर अघि लैजानसक्ने गरी अघि बढाउनुपर्छ ।’ 

अध्यक्ष तिमिल्सिनाले विषयवस्तुमा केन्द्रित भएर सांसदहरुले आफ्ना धारणा राख्नु उचित हुनुपर्ने बताउनु भयो । 


काठमाडौं

शनिबार, साउन ४, २०८२

३१.७७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगबाट सेटल गर्छौंः योगेश भट्टराई

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

मिस कास्की नेपाल २०२५ को भव्य ग्राण्ड फिनाले भोलि...

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन