सेनेगलका नवनिर्वाचित राष्ट्रपति बसिरो डिओमाये फाएले पाँच वर्षको कार्यकालका लागि शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण समारोहमा विभिन्न देशका प्रमुखहरुको सहभागिता रहेको थियो । भाषणका क्रममा उहाँले अफ्रिकाको शान्ति, सुरक्षा, स्थिरता र एकीकरणको लागि प्रयासहरूलाई बलियो बनाउन सेनेगलको प्रतिवद्धताको पुष्टि गर्नुभयो । मित्र राष्ट्रहरू र साझेदारहरूलाई सेनेगलको प्रतिवद्धता र पारस्परिक लाभकारी साझेदारीमा सार्वभौमसत्ताको सम्मान गर्ने र जनताको आकांक्षा पूरा गर्ने आदानप्रदानका लागि खुला रहेको बताउनु भयो । मार्च २४ मा भएको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ५४.२८ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुनुभएका फाए सन् १९६० मा स्वतन्त्र भएपछि सेनेगलका पाँचौं राष्ट्रपति बन्नुभएको हो ।
सिन्ह्वा