इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले कायरोमा रेड सागर र हर्न अफ अफ्रिकामा शान्ति र सुरक्षा कायम राख्ने प्रयासहरू तिब्र बनाउन आग्रह गर्नुभएको छ । इजिप्टको राष्ट्रपति कार्यालयले सिसीले सोमाली राष्ट्रपति हसन शेख मोहम्मदसँगको भेटपछि संयुक्त पत्रकार सम्मेलनमा उक्त टिप्पणी गर्नुभएको हो । यस क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न प्रयासहरू तिब्र पार्ने आवश्यकतामा सहमत भएको दुई देशले जनाएका छन् । उहाँले अक्टोबर २०२४ मा इजिप्ट, सोमालिया र इरिट्रिया बीचको अस्मारा शिखर सम्मेलनको नतिजालाई प्रकाश पार्दै यसलाई उक्त क्षेत्रका देशहरू बीचको सम्बन्ध र समन्वयमा महत्वपूर्ण प्रगति हुने विश्वास व्यक्त गर्नुभयो । यस महिनाको शुरुमा कायरोले तीन देशका नेताहरू बीचको अक्टोबर शिखर सम्मेलनलाई अनुगमन गर्न सोमालिया र इरिट्रियासँग नयाँ त्रिपक्षीय समितिको पहिलो बैठक आयोजना गरेको थियो । दुई राष्ट्रपतिहरूले द्विपक्षीय सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान संयुक्त राजनीतिक घोषणापत्रमा हस्ताक्षर गर्नुभएको छ । दुई देशहरू बीच केही समझदारी पत्रमा पनि हस्ताक्षर गरिएको छ ।
सिन्ह्वा