fbpx

यु–१९ साफ च्याम्पियनसिपको तयारी शुरु

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं I आयोजक नेपालले साफ यु–१९ फुटबल च्याम्पियनसिप २०२३ को तयारी शुरु गरेको छ । दोस्रो संस्करणको यु–१९ साफ च्याम्पियनसिप नेपालले आयोजना गर्दैछ । आगामी असोज चार गते दशरथ रंगशालामा हुने च्याम्पियनसिपका लागि नेपालले तयारी थालेको हो । सोही प्रतियोगितालाई लक्षित गर्दै अखिल नेपाल फुटबल संघ(एन्फा) ले जिल्ला, प्रदेश र केन्द्रको छनोटबाट कुल ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा समेत राखेको छ । मुख्य प्रशिक्षक सुनिलकुमार श्रेष्ठको नेतृत्वमा खेलाडी छनोट गरिएको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो ।

एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले फिफाको कन्ट्रोल फण्डिङ रहेको र उमेर समूहको प्रतियोगिता प्रायोजक पाउने कठिनाई भएकाले प्रतियोगिता बिना नै खुला छनोट टिम निर्माण गर्न बाध्य भएको बताउनु भयो । 

खेलाडीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमवारदेखि नै प्रशिक्षण शुरु गरेका छन् । यस संस्करणको यु–१९ साफ च्याम्पियनसिपमा नेपाल समूूह ‘ए’ मा छ । उक्त समूहमा नेपालले पाकिस्तान र माल्दिभ्सको सामना गर्नेछ । अर्को समूह ‘बी’ मा भारत, भुटान र बंगलादेश छन् । नेपालले आगामी सेप्टेम्बर २१ मा पाकिस्तानबिरुद्ध दशरथ रंगशालामा खेल्दै च्याम्पियनसिपको शुरुवात गर्नेछ । त्यसपछि नेपालले सेप्टेम्बर २३ मा माल्दिभ्ससँग खेल्ने तय छ । पछिल्लो संस्करणको यु–१९ साफ च्याम्पियनसिप सन् २०१५ मा नेपालमा नै आयोजना भएको थियो । उक्त संस्करणमा नेपालले फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

त्यतिबेला नेपाललाई उक्त उपाधि दिलाउन सफल विमल घर्तीमगर, अञ्जन विष्ट, अनन्त तामाङ, सुनिल बल र तेज तामाङ हुन् । यही टोलीका अधिकांश खेलाडीले पछि सिनियर राष्ट्रिय टोलीमा समेत वर्चस्व राखेका थिए । यो टोली अहिलेसम्मकै उत्कृष्ट ब्याच मानिने गरिन्छ ।यस पटक पनि घरेलु मैदानमा नै यु–१९ साफ च्याम्पियनसिप हुने भएकाले नेपालले यसको दाबेदारी प्रश्तुत गर्ने लक्ष्य राखेको छ ।

एन्फाका प्रतियोगिता निर्देशक सञ्जीव मिश्रले पनि घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालको पनि दाबेदारी रहने विश्वास व्यक्त गर्नुभयो । एन्फाले यस प्रतियोगिताका लागि टिकेटिङ अधिकारलगायत अन्य व्यवस्थापकीय पाटोमा सूचना जारी गरिसकेको जनाएको छछ । साथै सहभागी टोलीलाई पनि नेपाल आर्मीको खेल मैदान भद्रकाली र च्यासलस्थित खेल मैदानमा प्रशिक्षण गर्ने व्यवस्था मिलाउने जनाएको छ । प्रतियोगिताका लागि करिव दुई करोड ७७ लाख ३२ हजार बराबर खर्च हुने एन्फाको अनुमान छ ।


काठमाडौं

बिहिबार, मंसिर २०, २०८१

८.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा स्वतन्त्र उम्मेदवारका लागि भोट...

प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री आरजु चीन जाने

हिरासतबाट दुर्गा प्रसाईंले लेखे पत्र

बीआरआई अन्तर्गत चीनसँग ऋण सहायता लिनुहुँदैनः काँग्रेस प्रवक्ता महत

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘फेस अफ क्लासिक डाइमन्ड २०२४’ का विजेता घोषणा

फिल्म ‘अग्निदहन’ ले समाजमा व्याप्त भयाबह कुरुतीलाई भयानक प्रहार...

चलचित्र ‘अग्निदहन’ मा महिलामाथिका हिंसाको कथावस्तु

चलचित्र ‘पूर्णबहादुरको सारंगी’को ट्रेलर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन