चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

author

समाचारपाटी

१ हप्ता अगाडि

नेपाली चलचित्र ‘उनको स्विटर’को प्रिमियर सम्पन्न भएको छ । बुधवार साँझ काठमाडौंको एक सिनेमा हलमा प्रिमियर सम्पन्न भएको हो । प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । चलचित्र हेर्न पुग्नुभएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको र हेर्न लायक रहेको बताउनु भयो । उहाँले नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख रहेकोमा खुशी व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘चलचित्र एकदमै राम्रो छ । हेर्न लायक छ । नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक र प्रगतिउन्मुख छन् । धेरै खुशी लागेको छ ।’ 


चलचित्र हेर्न पुग्नुभएकी उपसभामुख इन्दिरा रानाले चलचित्र वास्तविक कथावस्तुमा आधारित रहेर बनाइएको बताउनु भयो । उहाँले अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘फिल्म वास्तविक कथामा आधारित रहेको छ । अन्तरजातीय प्रेमसँग कथावस्तु समेटिएको छ ।’


त्यस्तै अभिनेता विल्सनविक्रम राईले चलचित्र वैशाख २६ गतेदेखि सिनेमा घरहरुमा आउने बताउँदै चलचित्रले मनमस्तिष्कमा छाप छोड्ने बताउनु भयो । अभिनेत्री रिमा विश्वकर्मा र केकी अधिकारीले चलचित्र राम्रो र गुणस्तरीय रहेको र नेपाली फिल्म क्षेत्रकै लागि गर्व गर्न लायकको चलचित्र बनेको दाबी गर्नुभयो । चलचित्र हेर्न छुटाउन नहुने उहाँहरुको सुझाव छ । अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने दाबी गर्नुभयो । साथै वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह गर्नुभयो । अभिनेत्री मिरुना मगरले सकारात्मक प्रतिक्रिया पाइरहेको र दर्शकको मायाबाट आगामी दिनमा अझ राम्रो गर्दै जाने बताउनु भयो । 


वैशाख २६ गते शुक्रवारबाट देशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्इ भुमिकामा हुनुहुन्छ । अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गर्नुभएको छ ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

शुक्रबार, जेष्ठ ३, २०८२

३०.०१°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान