fbpx

स्वर्गीय प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक एवम् स्रस्टा सम्मान कार्यक्रम सम्पन्न

author

समाचारपाटी

१ year अगाडि

पोखरा । यो दाजुको मिरमिरे आँखा, फूल मायामा नभूल लगायतका कालजयी गीतका गायक स्वर्गीय प्रवीण गुरुङको स्मृतिमा विशेष सांगीतिक एवम् स्रस्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका लुम्लेमा चैत १२,१३ र १४ गते सम्म कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर केसीले गर्नुभएकाे थियाे । उहाँले अन्नपूर्ण गाउँपालिकाकाको पहिचान बढाउन स्वर्गीय गायक प्रवीण गुरुङले संगीतका माध्यम महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयाे । यस्ता कार्यक्रमको निरन्तरताले सर्जकको सच्चा सम्मान हुने विश्वास उहाँलाई छ ।

सो अवसरमा गाउँपालिकाका उपाध्यक्ष चन्द्रा अधिकारी देवकोटा र समाजसेवी आई बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको दोस्रो दिन चैत १३ गते प्रवीण गुरुङ स्मृति पुरस्कार गम बहादुर गुरुङलाई प्रदान गरिएको छ । उहाँलाई नगद १० हजार सहित दोसल्ला र सम्मान पत्रद्वारा पुरस्कृत गरिएको हो । गम बहादुर गुरुङ स्व. प्रवीण गुरुङको सांगीतिक जीवनका सहयात्री हुनुहुन्छ ।

त्यस्तै सो अवसरमा अन्नपूर्ण गाउँपालिकाले गाउँपालिका भित्रका एक जना स्रस्टालाई प्रत्येक वर्ष गर्दै आएको सम्मान स्वरुप यस वर्ष भने लोकदोहोरी गायक बाबुराम पौडेललाई सम्मान गरेको छ । नगद १० हजार, दोसल्ला र सम्मान पत्र सहित उहाँलाई सम्मान गरिएकाे हाे । दोस्रो दिनको प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका सांसद प्रकाश बराल हुनुहुन्थ्याे । उहाँले अन्नपूर्ण गाउँपालिकाको सांस्कृतिक संरक्षणमा सबै एक जुट भएर लाग्नुपर्ने आवश्यकतालाई औंल्याउनुभएकाे छ ।

सो अवसरमा प्रत्येक दिन नेपालका चर्चित लोकदोहोरी गायकगायिकाहरु जीवन दाहाल,कुमार पुन, कृष्ण अखेली, रामजी पौडेल, गंगा पौडेल, माया गुरुङ, चोलेन्द्र पौडेल लगायतका कलाकारले प्रस्तुति राखेका थिए । यस्तै सुगम संगीतमा गायक सन्तोष बस्याल र प्रीया गुरुङको प्रस्तुति रहेकाे थियाे । अन्तिम दिन साँझ भने लेकाली ब्याण्ड र नविन गुरुङको प्रस्तुति थियो । कार्यक्रमको संयोजन नविनले नै गर्नुभएकाे थियाे ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...