काठमाडौं । इजरायलमा घाइते भएका दाङका प्रविण डाँगीको अस्पतालमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएको उहाँले अस्पतालको बेडबाटै भन्नुभएकाे छ । एक भिडियोमा उहाँले यो सन्देश आफ्नो घरसम्म पुर्याइदिन भन्नुभएकाे छ ।
मोबाइल नम्बरसमेत भन्दै डाँगीले भन्नुभएकाे छ, ‘अपरेसन भर्खर भयो । सक्सेसफुल भयो भन्दिनु है ।’दाङको दंगीशरण गाउँपालिका–३ हेकुली घर भई इजरायलमा रहनुभएका २२ वर्षीय प्रविण डाँगीलाई खुट्टामा गोली लागेको थियो । गत भदौ २६ गते बीएस्सी एजी पढेर थप ११ महिने प्रयोगात्मक अध्ययनका लागि उहाँ इजरायल जानुभएकाे थियाे ।
दंगीशरण गाउँपालिका–३ का वडाअध्यक्ष सुकलाल चौधरीले पनि प्रविणको अपरेसन सफल भएको जानकारी पाएको बताउनुभयाे । प्रविण र उहाँका बुवा निमबहादुर डाँगीबीच अपरेसनपछि पनि कुराकानी भएको आफूले थाहा पाएको वडाध्यक्ष चौधरीले बताउनुभयाे ।