fbpx

प्रचण्डले एक दलीय व्यवस्थाको लागि युद्ध लडेका हुन्ः सांसद महत

author

समाचारपाटी

१ महिना अगाडि

नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा काँग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ ।


बिहीवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उहाँले काँग्रेस र एमाले कुनैसँग पनि सहकार्य गर्दा आफू नै प्रधानमन्त्री भइने मानसिकतामा अध्यक्ष दाहाल रहेको बताउनुभएको हो । त्यसलाई अहिले चिरिएको बताउनु भयो । उहाँले त्यो परिस्थिति समाप्त भएपछिको अवस्थाबाट अभिप्रेरित भएर दाहालले आफ्ना भनाइ राख्नुभएको बताउनु भयो । उहाँले अध्यक्ष दाहालले मन्त्रीपरिषद्बाटै पारित भएको कार्यविधि लत्याएर तीन करोड भन्दा तल कुनैपनि संघीय आयोजना नराख्ने मन्त्रीपरिषद्को निर्णय उल्ट्याएको बताउनु भयो । उहाँले वर्तमान सरकारले सोही बजेटमाथि काम गरेर अघि बढ्नुपर्ने अवस्था भएकाले आर्थिक अवस्था दुरुस्त गर्न समस्या आइरहेको बताउनु भयो । उहाँले राजनैतिक परिवर्तनको सम्पूर्ण श्रेय अध्यक्ष दाहालले लिएको र अध्यक्ष दाहालले एक दलीय व्यवस्था चाहेको बताउनु भयो । एक दलीय व्यवस्था स्थापित गर्ने मनशायले अध्यक्ष दाहालले युद्ध लडेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री पदमा उहाँ लगातार नेपाली काँग्रेससँग सहकार्य गरे पनि एमालेसँग सहकार्य गरेपनि प्रधानमन्त्री पद प्रचण्डजीकै हुन्छ । प्रचण्डजी भन्दा बाहिर जाँदैन, भन्ने जुन मानसिकतामा उहाँ हुनुहुन्थ्यो । त्यो परिस्थिति समाप्त भएको हुनाले उहाँका धेरै अभिव्यक्तिहरु त्यसबाट अभिप्रेरित भएर आएको मैले महशुस गरेँ । जुन बेलामा उहाँले नेपाली काँग्रेससँगको गठबन्धन छोड्नुभयो, त्यस बेलामा आर्थिक स्थिति मैले भनेको जस्तो भएन अर्थमन्त्रीले सहयोग गरेन भन्नेजस्तो अभिव्यक्ति दिनुभयो । तर आज उहाँले त्यसबेलामा एक एक गरेर धेरै आर्थिक उपलब्धि भएका थिए, त्यो मैले नै गरेको थिएँ भनेर दोहोर्याउनु भयो । आर्थिक मन्दीको अवस्था थियो, देश आर्थिक संकटको अवस्थामा थियो, त्यस अवस्थाबाट आर्थिक रुपमा अघि बढाउने सशक्त कोशिस गरेका थियौँ । त्यसमा हामीले महत्वपूर्ण भुमिका निर्वाह गरेका थियौँ ।’सांसद महतले बहुदलीय प्रतिष्पर्धात्मक व्यवस्थामा आएको कुरा नभुल्न आग्रह गर्नुभयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, चैत्र ६, २०८१

२५.१५°

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

‘मृत भइसकेको राजतन्त्र अब फर्किंदैन’:-डा. बाबुराम भट्टराई

त्रिवि क्याम्पसमा नेविसंघका कार्कीको उम्मेदवारी कायम राख्न अदालतको आदेश

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...