प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले काठमाडौं उपत्यकाका २२ नदीहरुलाई व्यवस्थापन गर्न काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरु योजना बनाएर काम अगाडी बढाउनुपर्ने बताउनु भयो । उहाँले उपत्यकालाई हरियो तथा वातावरणमैत्री बनाउनका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो – ‘काठमाडौं उपत्यकामा डुबानदेखि लिएर पहिरो गइरहेको समाचार आएको छ । दीर्घकालिन रुपमा यसको समाधान खोज्नका लागि काठमाडौं उपत्यकामा साना, ठूला गरेर २२ वटा नदीहरुलाई व्यवस्थापन गर्नका लागि काठमाडौं उपत्यका नदी व्यवस्थापन गुरुयोजना बनाएर काठमाडौं उपत्यकालाई हरियो, वातावरणमैत्री बनाउनको लागि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’