”अबको कार्यकाल जनताले प्रदेशबाट अधिकतम लाभ लिन सक्ने गरी सन्चालन हुन्छ”:-प्रकाश बराल

author

समाचारपाटी

२ years अगाडि

पोखरा । गण्डकी प्रदेश सरकारले हरेक पालिका केन्द्र जोड्ने सडक कालोपत्रे गर्ने निर्णय गरेको थियो । तर सरकारको अस्थिरताका कारण उक्त योजना सफल हुन सकेन ।

संघीयतामाथि प्रश्न गर्नेहरु बढिरहेका बेला पुनः संघीय संरचनाको निर्वाचन हुँदैछ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेद्वारहरुले आआफ्ना घोषणापत्र जनतासामु पुर्याएर मत फकाइरहेका छन् ।

कास्की क्षेत्र नम्बर ३ (ख) का उम्मेद्वार प्रकाश बरालले संघीयताप्रति जनताको विश्वास बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयाे ।

‘अहिले संघीयता काम छैन, प्रदेश संरचनाको औचित्य छैन भन्नेहरु बढेका छन् । हाम्रै कामका कारणले व्यवस्थाप्रति वितृष्णा बढेको हो,’ उहाँले भन्नुभयाे, ‘अबको कार्यकाल जनताले प्रदेशबाट अधिकतम लाभ लिन सक्ने गरी सन्चालन हुन्छ । विकास, शिक्षा, स्वास्थ्य सबै सुविधा प्रदेशबाटै पाउने गरी काम गरिने छ ।’

उहाँले आफ्नो निर्वाचन क्षेत्रका हरेक गाउँबाट आधा घण्टाभित्र पालिका केन्द्र पुग्न सक्ने गरी सडक संरचनाको स्तरोन्नती गर्ने बताउनुभयाे ।

‘घान्द्रुकबाट नाउँडाँडा आउने नागरिक आधा घण्टा भन्दा धेरै समय लाग्यो भने सेवा लिन समस्या भयो । राज्यको सेवा झन् जटिल बनाउने होइन,’ उहाँ भन्नुहुन्छ, ‘सेवा प्रवाह जति झण्झटिलो भयो, उति ब्यवस्था प्रति प्रश्न बढ्छ । यहाँका सडकलाई स्तरीय बनाएर आधा घण्टामा पालिका आइपुग्ने व्यवस्था मिलाइन्छ ।’

उहाँले नयाँपुलदेखि घान्द्रुक सडक, लुम्ले तोल्का हुँदै लान्द्रुक जोड्ने सडक, अन्नपूर्ण रिङरोड देखि पोखराका सबै वडा पुग्ने सडकहरुको एकीकृत विकास गर्न आफू प्रतिवद्ध रहेको बताउनुभयाे ।

यस्तै, सबै गाउँमा एक घर एक धारा पुर्याउने, हरेक घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत विस्तार गर्ने, काठेपोललाई स्टिलको पोलले विस्थापित गर्ने लगायत योजना पनि सुनाउनुभएकाे छ ।

‘प्रत्येक घरमा विजुली, प्रत्येक घरमा पक्की छाना हुनुपर्छ । गरिव र विपन्न परिवारका लागि सुरक्षित आवासको ज्ञारेण्टी गण्डकी सरकारले गर्छ,’ उहाँले भन्नुभयाे ।

बरालले आफ्नो निर्वाचन क्षेत्र जलविद्युत उत्पादनका हिसावले प्रभावकारी भएकोले लगानीको वातावरण सिर्जना गरी अधिकतम विद्युत उत्पादनका लागि निजी क्षेत्रलाई आकर्षित गर्ने बताउनुभयाे । गण्डकी प्रदेशमा २० हजार मेगावाट विजुली निकाल्न सक्ने प्रक्षेपण छ ।

त्यसमध्ये आर्थिक अवस्थाले १२ हजार मेगावाट विजुली निकाल्न सम्भव देखिएको छ । कास्की ३ (ख) को मोदी लगायत खोला पनि विद्युत उत्पादनका हिसावले निकै सम्भावनायुक्त मानिन्छ ।

घान्द्रुक, लान्द्रुक, लुम्ले, तोल्का लगायत गाउँहरु लघु जलविद्युत आयोजनाबाट चौविसै घण्टा उज्यालो छ । तर लघु विद्युत बढी महंगो पर्ने भएकोले राष्ट्रिय लाइन बढी प्रभावकारी हुन्छ ।

उहाँले आफ्नो क्षेत्रको होमस्टे पर्यटन, ग्रामिण पर्यटन जस्ता समुदायमा आधारित पर्यटन सन्चालन गरिरहेका उद्यमीहरुका लागि आधारभूत विदेशी भाषा तालिम, सरसफाई र सुरक्षा सम्बन्धी सचेतनामूलक अभिमुखीकरण र होमस्टे सेवाको स्तरोन्नतिमा पहल गर्ने बताउनुभयाे ।


काठमाडौं

आइतवार, बैशाख १४, २०८२

१७.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

प्रधानमन्त्रीको प्रश्नः जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न...

युवा कार्यतकर्तालाई प्रधानमन्त्रीको आग्रहः मिसन ०८४ मा लाग्नुस्

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः डा. प्रकाशशरण महत

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन