‘युवा विदेश पठाएर प्रदेशको विकास असम्भव’:-प्रकाश बराल

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाउनुभएकाे छ । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका घरदैलोका क्रममा उहाँले प्रदेशभित्र आउने रेमिट्यान्स अहिले पनि दैनिक उपभोग्य वस्तु र सेवा खरिदमा खर्च भैरहेको र घरायसी खर्चमा रेमिट्यान्स सकिएको बताउनुभयाे ।

‘गण्डकी प्रदेशको कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत विप्रेषण अर्थात रेमिट्यान्सले धानेको छ’, तथ्यांक केलाउँदै उहाँले भन्नुभयाे, ‘अहिले पनि वर्षेनी एक खर्व सात अर्व रेमिट्यान्स गण्डकीमा भित्रिन्छ । गण्डकी प्रदेशमा हरेक वर्ष ५० हजार नयाँ श्रम शक्ति श्रम बजारमा आउने गरेको तथ्यांक छ ।’

उहाँले थप्नुभयाे, ‘उनीहरुको रोजगारी अहिले पनि सरकारको समस्या हो । अधिकांश बेरोजगारहरु विदेश पुग्छन् । सरकारले नयाँ श्रम शक्तिको सम्बोधन गर्न सकेको छैन । हरेक निर्वाचनमा रोजगारी सिर्जना गर्ने नारा लिएर चुनाव जित्नेहरु चुनावपछि रोजगारीका क्षेत्रमा वास्तै गर्दैनन् ।’

‘रेमिट्यान्सलाई लगानीमा जोड्न विशेष पहल गर्ने छु । प्रदेशको अर्थतन्त्रमा विप्रेषणको अंश घटाउदै लाने र प्राप्त विप्रेषणको बचत परिचालन गरी उत्पादन क्षेत्रमा लगानी गर्ने मेरो योजना छ’, नेपाली कांग्रेसका युवा नेता बरालले भन्नुभयाे ।

उहाँले उत्पादनमुखि, आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा सरकारलाई घचघच्याउने बताउनुभयाे । ‘स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई, विद्युत, सन्चार र यातायात जस्ता सेवाहरुमा सबै व्यक्तिको सहज पहुँच पुर्याउनुपर्छ,’ बरालले भन्नुभयाे, ‘अहिले सहरी क्षेत्रमा आयातमा निर्भर नाफामुखि र ग्रामिण क्षेत्र निर्वाहमुखि अर्थतन्त्रमा छन् । बैंक तथा वित्तिय संस्थाको लगानी कमजोर छ, उत्पादन क्षेत्रमा लगानी गर्न सकेका छैनन् । यसलाई मिलाउन चुनौति छ, तर मिलाउनुपर्छ ।’

श्रम बजारको माग अनुसार श्रमशक्ति उत्पादन नभएकोले धेरै बेरोजगार रहनुपरेको भन्दै बरालले सीप भएको जनशक्तिको अभाव र साधारण शिक्षा आर्जन गरेको जनशक्ति बेरोजगार बनेका बताउनुभयाे ।

‘उहाँहरुलाई बजारको माग अनुसार श्रमशक्तिको उत्पादन गर्ने र हरेक तहमा रोजगार सिर्जना गर्न चुनौति छ । यहाँको पर्यटन पनि स्थानीय उत्पादनसँग सम्बन्ध छैन । पर्यटनलाई उत्पादनसँग जोड्न सके धेरैले गाउँघरमै रोजगारी पाउँछन्,’ उहाँ भन्नुहुन्छ, ‘प्राविधिक सीप, ज्ञान भएको जनशक्ती विकास गरेर नयाँ प्रविधिको अन्वेषण गरी उत्पादन प्रकृयामा जोड्नुपर्छ । प्रभावकारी रुपमा उच्च उत्पादन प्राप्त गर्न सघाउने छु ।’

प्रदेशमा आर्थिक रुपले सक्रिय जनसंख्या ५७ प्रतिशत मात्रै छ । यो संख्या वर्षेनी घट्दै गएको छ । १५ देखि ५९ वर्ष उमेर समूहको उक्त जनसंख्यालाई विषेश योजनाका साथ विदेश जान वा पलायन हुनबाट रोक्दै उत्पादनमुलक क्षेत्रमा योजनाबद्ध रुपमा परिचालन गर्न सके मात्रै आर्थिक सामाजिक विकासमा फड्को मार्न सकिने बरालले बताउनुभयाे ।


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२१.३°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन