प्रज्ञा प्रतिष्ठानमा पुस्तक प्रदर्शनीः ४० प्रतिशतसम्म छुट

author

समाचारपाटी

५ दिन अगाडि

‘सबै भाषा,सबै ज्ञान, सबैको प्रज्ञा–प्रतिष्ठान’ भन्ने उद्घोषसहित नेपाल प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी भइरहेको छ ।
नयाँ वर्ष २०८२ सालको अवसरमा शुरु गरिएको प्रदर्शनी यही वैशाख २८ गतेसम्म हुने बताइएको छ । नेपाली भाषा, साहित्य ,संस्कृति, कला, इतिहास, दर्शनशास्त्र र समाजशास्त्रलगायतका पुस्तकहरू प्रदर्शनीमा राखिएको नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले बताउनु भयो । उहाँले प्रदर्शनीमा २०७० सालअघि प्रकाशित भएका पुस्तक तथा पत्रिकाहरू ६० प्रतिशत छुट र २०७१ सालयता प्रकाशित भएका पुस्तकहरू खरिद गर्ने व्यक्ति वा संस्थाका लागि विशेष ४० प्रतिशतको छुटको व्यवस्था रहेको बताउनु भयो । शब्दकोषहरुमा समेत २० देखि २५ प्रतिशतसम्म छुट रहेको सुवेदीले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘हामीले प्रष्ठिानमा भएका पुस्तकहरुको बिक्रीको लागि समय समयमा पुस्तक प्रदर्शनहरु गर्ने गरेका छौं । खास गरेर नयाँ वर्षको अवसरमा र अन्य समयमा पनि हामी पुस्तक प्रदर्शन गर्छौं । नयाँ वर्ष २०८२ सालको अवसरमा हिजोदेखि हामीले पुस्तक प्रदर्शन सुरु गरेका छौं । यस प्रदर्शनमा नेपालका बहुमूल्य कृतिहरु हामीसँग छन् । हामीसँग रहेका अंग्रेजी र संस्कृति लगायत पुस्तकका लागि छुटको पनि व्यवस्था गरेका छौं । २०७० सालसम्मका पुस्तकका लागि ६० प्रतिशतसम्म छुट र त्यसयता प्रकाशनमा आएका पुस्तकहरुको लागि ४० प्रतिशत छुट दिइएको छ । त्यसैगरी शब्दकोषहरु हेरेर २०÷२५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।’


प्रदर्शनीमा अमरकोश, नेपाली साहित्यकोश, कौटिल्यको अर्थशास्त्र ,जाँ ज्याक रुसको कन्फेसन्स, ईषाादि नौ उपनिषद्, ग्रिक महाकवि होमरको ओडिसी, हरेराम जोशीको प्राचीन अभिलेख, गुमानसिंह चाम्लिङको एरिस्टोटल लगायतका पुस्तक र कृतिहरु राखिएका छन् ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन