fbpx

आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक छ : नेता पौडेल

author

समाचारपाटी

१२ महिना अगाडि

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी रहेको बताउनु भयो । उहाँले आजको चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ भन्ने रहेको बताउनु भयो । उहाँले संविधानले गैरआवासीय नेपालीलाई त्यही अनुसारको नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेअनुसार सो कार्यान्वयनका बारेमा पहलकदमी गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसले लिएको खुला नीतिअन्तर्गत आज नेपालीहरुको पहुँच संसारसामु पुगेको छ । खुला समाज निर्माण गर्ने, लोकतन्त्रलाई विकसित गर्ने र व्यक्तिको वैयक्तित स्वतन्त्रतालाई रक्षा गर्ने उद्देश्यले नेपाली काँग्रेस नेपालमा जन्मिएको हो । हामीले आर्थिक पक्षमा पनि नेपाललाई सुदृढ बनाउन आवश्यक छ । राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि हामीले नेपालमा थुप्रै काम गर्न जरुरी छ । आजको चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ त्यसका निम्ति संसारकार सबै नेपाली मिल्नुपर्छ । संविधानले गैरआवासीय नेपालीलाई त्यही अनुसारको नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेको छ । त्यस निम्ति हामीले पैरवी गर्ने, विषयको कार्यान्वयनका लागि नेतृत्व गर्नेछौँ । अब विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्छ भनेर कुरा उठाएका छौँ । नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनु पर्छ ।’

नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने बताउनु भयो ।


काठमाडौं

शनिबार, अशोज २६, २०८१

१८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पीडितका लागि निर्माण व्यवसायी विकास परिषदद्वारा एक करोड राहत

आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने