fbpx

प्रदीप मेमोरियल बास्केटबलः पुरुषतर्फ छोम्रोङ र महिलातर्फ ताङतिङ च्याम्पियनबल्कु र गरिशा एमभिपी घोषित

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङका स्वर्गीय प्रदीप गुरुङको स्मृतिमा सम्पन्न पहिलो संस्करणको खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ छोम्रोङ बास्केटबल समूह च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका–१० रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा आज भएको फाइनल खेलमा रामघाटलाई ६५–४८ को अंकसहित पराजित गर्दै छोम्रोङ च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेको छोम्रोङले नगद रु ८० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता बनेको रामघाटले नगद रु ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो । पुरुषतर्फ छोम्रोङका बल्कु पुन एमभिपी घोषित हुँदै पुरस्कृत भए । यस्तै सोही टिमकै नुकेश जुग्जाली बेस्ट अफेन्सिभको अवार्डबाट पुरस्कृत भए ।

रामघाटका सुजन महर्जन उदीयमान खेलाडी र सोही टिमकै आशिष बस्नेत बेस्ट डिफेन्सिभका रुपमा पुरस्कृत बने । इसै यसैगरी महिलातार्फ स्पोर्टस् ग्राण्डी काठमाडौंलाई ३४–२३ अंकसहित पराजित गर्दै ताङतिङले उपाधि जित्यो । उपाधि जितेको ताङतिङलाई नगद रु २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको कार्यक्रम संयोजक राजकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार उपविजेता बनेको काठमाडौंले नगद रु १० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्यो । विधागततर्फ ताङतिङका गरिशा सिलवाल एमभिपी खेलाडीका रुपमा पुरस्कृत बनिन् । यस्तै सोही टिमकै सोनी वाइबा बेस्ट डिफेन्सिभ घोषित भइन् ।

यसैगरी काठमाडौंकी सुहाना मल्ल उदीयमान खेलाडी र रिन्छेन मोक्तान बेस्ट अफेन्सिभका रुपमा पुरस्कृत भइन् ।
विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, पत्रकार राजबहादुर गुरुङ, पुरस्कारदाताहरु, लगायतले पुरस्कार वितरण गरेका थिए । गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा पुरुषतर्फ कुल १७ र महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।


काठमाडौं

सोमवार, माघ ७, २०८१

१६.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन