fbpx

माओवादी द्वन्द्वका गम्भीर मानव अधिकार उलंघनको घटनाले आममाफी पाउँदैनः प्रदीप ज्ञवाली

author

समाचारपाटी

२ महिना अगाडि

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानव अधिकार उल्लंघनको घटनाले आममाफी नपाउने बताउनुभएको छ ।

दोहोरो भिडन्तबाहेकका अरु खालका हत्या, यौन बलात्कार र दुव्र्यवहार, चरम यातना र बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति नहुनेगरी कानूनी प्रावधान समेत राखिएको उहाँको दाबी थियो । मंगलवार काठमाडांैमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकि कामलाई टुंगोमा पु¥याउन प्रमुख दलहरु एकठाउँमा उभिएको पनि बताउनु भयो । उहाँले नेपालको शान्ति प्रक्रिया सफलतापूर्वक अघि बढेको र त्यो छिट्टै टुंगोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हाम्रो मुख्य थ्रष्ट मेलमिलाप नै हुनेछ । किनभने हाम्रो विस्तृत शान्ति सम्झौताको स्पिरिड त्यही हो । मुलतः मेलमिलाप नै हो । तर हामीले भनि नै सकेका छौं कि ४ वटा गम्भिर मानव अधिकार उल्लंघनका घटना दोहोरो भिडन्तबाहेक अरु खालका हत्याहरुमा उन्मुक्ति हुँदैन । यौन बलात्कार र दुव्र्यवहारमा उन्मुक्ति हुँदैन । चरम यातनामा उन्मुक्ति हुँदैन । बलपूर्वक बेपत्ता पारिएका कुराहरुमा उन्मुक्ति हुँदैन । हामीले यो जुन चार वटा क्याटोगरी राखेका छौं । यिनीहरुले अन्तराष्ट्रिय प्रतिवद्धता र कानूनसँग पनि सम्बन्ध राख्छ । नेपाल संयुक्त राष्ट्र संघको टिटी राष्ट्र हुनुको नाताले, मानव अधिकार परिषद सदस्यको हैसियतले काम गरेको नाताले हामीले अन्तर्राष्ट्रिय रुपमा जनताका प्रतिवद्धताहरु छन । त्यसकारण पनि हामी यस मामिलामा संवेदनशील छौं । त्यो भन्दा पनि बढदा पीडितहरुले हामीले न्याय पायौं भन्ने अनुभुति भयो भने द्वन्द्व व्यवस्थापन गर्न सहज हुन्छ । त्यसकारण पीडितहरुलाई केन्द्रित गरेर हामीले यो अभियानलाई अगाडि बढाउनुपर्ने हुन्छ । त्यसो हँुँदा हामीले शान्ति प्रक्रियालाई अघि बढाउन सफलतापूर्वक अघि बढेका छौं भन्ने मलाई लाग्दछ । यस मामिलामा मुख्य तीन स्टेक होल्डरहरु नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र हामी सत्ताका अरु थुप्रै प्रश्नहरुमा विवादहरु पनि छन । सत्तापक्ष, प्रतिपक्ष अनेकौ कुराहरुमा होलान् । तर आम रुपमा यो विषय टुंग्याउने कुरामा हामी एकैठाउँ छौं ।’ 


उपमहासचिव ज्ञवालीले पीडितले न्याय पाउने गरी शान्ति प्रक्रियाका बाँकि कामलाई पूरा गर्ने काममा प्रतिवद्ध भएर लागिपर्ने पनि बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन