‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो’:-प्रदीप ज्ञवाली

author

समाचारपाटी

१ year अगाडि

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा वाह्य हस्तक्षेप नभएको दाबी गर्नुभएको छ । 

नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका उहाँले कुनैपनि खालको वाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समिकरण बनेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गर्नुभयो । उहाँले वाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने बताउनु भयो । 

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘गएको १ वर्षमा देशले धेरै नै मूल्य चुकायो । पछिल्लो समय नेकपा माओवादी केन्द्रले, प्रधानमन्त्री स्वयंले त्यो बोध गर्नुभयो कि अब यो बाटोबाट अगाडि बढ्न सकिँदैन भनेपछि हामीले गरेका केही सचेतन प्रयासहरु र उहाँहरु भित्र पनि अब नेपाली काँग्रेससँगको सहकार्य सुविधाजनक छैन । र यसले कुनैपनि परिणाम दिँदैन भन्ने भएपछि उहाँहरु पनि नयाँ सहकार्यमा जोडिन तयार हुनुभयो । अब विगतमा भन्दा तपाईहरुले देख्नुहुन्छ–यो सहकार्यका निम्ति कुनै वाह्य शक्तिहरुको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो । भन्नुको तात्पर्य चाहीँ यो स्वदेशकै पात्रहरुले, स्वदेशकै प्लेयरहरुले निर्माण गरेको एउटा सहकार्य हो । अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौति हामीसँग छ । किनभने देशको परिस्थिति धेरै नै गम्भिर छ । हामी हिजोसम्म प्रतिपक्षमा भएर अथवा अहिले हामीले नेतृत्व नगरिरहेको भएर त्यसो भनेको होइन कि यथार्थमै देशका सबै आयामहरु बाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु यी सबैमा एउटा ठूलो संकट छ । यो संकट र यो निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई केन्द्रविन्दुमा राखेर हामी अगाडि बढिरहेका छौं ।’

उपमहासचिव ज्ञवालीले काँग्रेसले देशको पक्षमा कुनै परिणाममुखि काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार हुनुभएको पनि दोहोर्याउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

बुधबार, जेष्ठ १, २०८२

२०.७५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

वर्तमान व्यवस्था भ्रष्टहरुको उत्पादन गर्ने कारखानामा परिणत भयोः कमल...

‘देशका लागि केही गर्छु भन्ने हुटहुटी भएको युवाको आवश्यक...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन