काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली बेइजिङ प्रस्थान गरेका छन्। चाइना एकेडेमी अफ सोसल साइन्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आज ज्ञवाली चीनतर्फ प्रस्थान गर्नुभएकाे हाे।
चीनमा रहँदा उहाँले सिचुवान विश्वविद्यालयमा हुने एक कार्यक्रममासमेत सहभागी हुनेछन्। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएकाे ज्ञवालीले चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।
यस अगाडि एमाले महासचिव शंकर पोखरेलले समेत चीन भ्रमण गर्नुभएकाे थियाे। गतसाता पनि नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा एमालेका सचेतक महेश बर्तौलासहितको पाँच सदस्यीय टोली चीन भ्रमणमा गएको थियो।