fbpx

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष दाहाल

author

समाचारपाटी

१ महिना अगाडि

अध्यादेश राष्ट्रिय सभाबाट पारित हुन दिँदैनाँैः अध्यक्ष दाहाल
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओली एमालेको नेतृत्वमा रहुन्जेलसम्म वामपन्थी एकता सम्भव नरहेको बताउनुभएको छ । 

सोमवार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको स्थिति सहज रुपमा अघि बढ्न नसकेको बताउनु भयो । उहाँले अध्यादेश राष्ट्रिय सभामा बहुमत पु¥याउन नसक्दा अघि बढ्न नसकेको बताउनु भयो । उहाँले जनता समाजवादी पार्टीले आफ्नो मुद्दा छोडेर समर्थन नगरेको खण्डमा अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने जिकिर गर्नुभयो । उहाँले दुई तिहाईको सरकार अध्यादेशको बाटोमा जानु नै गलत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले स्थिति त्यति सहज गइरहेको छैन । सदन शुरु भएको छ । सदनमा अध्यादेश प्रश्तुत भएका छन् तर ति रोकिएका छन् । तपाईंहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नुभएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिरहेको स्थिति छैन । सरकारले जसरी एउटा गलत नियतले सदन बोलाउनुपर्ने बेलामा अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोण र कतिपय सारको दृष्टिकोणले पनि भूमि सम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यस विषयमा पनि सदनमा मैले स्पष्टसँग भनेको छु । हाम्रो ध्यान मधेसको जनतालाई संगठित र परिचालित गर्नेकुरामा केन्द्रित हुन्छ । सरकारले आफूसँग दुई तिहाई छ भन्ने गरेको छ । दुई तिहाई भएको सरकारले अध्यादेशको बाटो जानु हुँदैन थियो । दुई तिहाई हुँदाहुँदै पनि यो सरकार कति कमजोर छ भन्नेकुरालाई प्रमाणित गरेको छ । अहिले प्रश्तुत गरिसकेपछि त्यो रोक्नुपर्ने बाध्यता के हो भने दुई तिहाई उनीहरुसँग छैन भन्ने देखिन्छ । राष्ट्रिय सभामा बहुमत पु¥याउन पनि कठिन छ । बाहिर जसरी चिजहरु आइरहेको छ, जनता समाजवादी पार्टीको । जसपाले भूमि सम्बन्धी अध्यादेशको विधि, प्रक्रियाका बारेमा अडिनुभएको छ । उहाँहरु अडिनुहुन्छ । उहाँहरुले आफ्नो अडान छोड्नुभएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ । एमालेको नेतृत्वमा केपीजी रहँदासम्म नेपालका कम्युनिष्ट एकता, वामपन्थी एकता सम्भव छैन ।’

अध्यक्ष दाहालले सरकारमा आफूहरुको ध्यान नरहेको दाबी गर्नुभयो । प्रधानमन्त्री ओली अहिलेको आन्दोलन, परिवर्तन बर्बाद गर्न र संविधान खारेज गर्न चाहने व्यक्ति भएको आरोप लगाउनु भयो । मधेसी जनताको लागि दुई पटक संसदमा संविधान संशोधनको प्रश्ताव गर्दा प्रधानमन्त्री ओलीले नै रोकोको आरोप लगाउनु भयो ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन