author

समाचारपाटी

१ year अगाडि

सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे संसदको चालु अधिवेशनमा संघीयता कार्यान्वयनका लागि बल पुर्याउने विधेयकहरु संसदमा पेश गर्न सरकारलाई आग्रह गर्नुभएको छ । 

संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धि विधेयक संसदको चालु अधिवेशनमा अघि बढाएर प्रदेश र स्थानीय सरकारको काममा तिब्रता दिनुपर्ने भएकाले सोही काममा आफूहरु अघि बढ्ने बताउनु भयो । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले संसदको चालु अधिवेशनमा सरकारले प्रि बजेट सम्बन्धि छलफल भएर बजेट निर्माणमा नयाँ परम्पराको शुरुवात गर्न लागेको पनि बताउनु भयो ।  

उपाध्यक्ष पाण्डेले भन्नुभयो, ‘यो अधिवेशनमा संघीयताको कार्यान्वयनलाई बल पुर्याउन सकिने गरी त्यस्ता विधेयकहरु प्रश्तुत हुन् । र विशेष गरी संघीय निजामती विधेयक, प्रहरी समायोजनसम्बन्धि विधेयक पनि यस अधिवेशनमा अगाडि बढन सकोस भनेर म भन्न चाहन्छु । यो बजेट बनाउने हामो विगतदेखि लामो परम्परा छ । बजेट चाँही हामी सांसदहरुले पास गर्छौं । तर, त्यो बजेटमा के लेखिएको छ भन्ने चाहीँ हामीले थाहा पाउँदैनौं । बजेट पास गर्न सांसदको गन्नुपर्छ । सांसदले नै पास गर्छन् । तर, त्यो सांसदको भुमिका चाहीँ काही पनि छैन । गएको बजेट अधिवेशनमा हामीले धेरे छलफल गर्याै र सम्माननीय प्रधानमन्त्रीले यही रोष्टमबाट अब म त्यो व्यवस्थालाई परिवर्तन गर्छु र सांसदहरुले राखेका कुरालाई म ध्यान दिएर जान सक्ने बनाउँछु भनेर बोल्नुभएको छ । र, मलाई लाग्छ–यस पटक हामी प्रि बजेट डिस्कशन भनेर हामी हिउँदे अधिवेशनमा नै छलफल गर्दैछौं । बजेट सेसनमा होइन । त्यसो हुनाले प्रि बजेट डिस्कशनको माध्यामबाट पनि यस पटक सांसदहरुले बजेट निर्माणमा प्रत्यक्ष भुमिका निभाउन पाउने सिस्टम बनाएर लैजान जरुरी छ । र पुरानो परम्परालाई हामी अन्त्य गर्नेछौं । ’उपाध्यक्ष पाण्डेले सरकारले आगामी वर्षदेखि सांसदहरुको निगरानीमा बजेट ल्याउने कामलाई अघि बढाउने पनि बताउनु भयो ।

न्युज एजेन्सी नेपाल


काठमाडौं

सोमवार, बैशाख ८, २०८२

२९.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

काँग्रेसले अब समस्या देखाएर मात्र हुदैन, समाधान पनि दिन...

आगामी अधिवेशनमा निजामति ऐनलाई संसदमा पेश गर्नेगरी लागेका छौँः...

एकले अर्काेलाई निषेध गर्नुभन्दा एक अर्काका गुण सिकेर अघि...

विचौलियाहरुको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छः महामन्त्री गगन थापा

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

वैशाख २० गते दीप श्रेष्ठ सांगीतिक साँझ हुने

बिहिबारबाट ‘जोगिन्दरको पान दुकान’ सिजन २ प्रसारणमा आउने

लमजुङमा गुञ्जियो ‘व्याक टु नाइन्टिज’

आज गीत, गजल र शीतल शृंखलासहित विशेष साहित्यिक साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन