काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति छैनः स्वास्थ्यमन्त्री प्रदीप पौडेल

author

समाचारपाटी

३ महिना अगाडि

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली काँग्रेस बाहेक अन्य राजनीतिक दलहरुको अर्थनीति नरहेको बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आजको नेपालको अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको दाबी गर्नुभयो । उहाँले नेपाली काँग्रेसबाहेक नेपालमा अरु राजनीतिक दलहरुले मेरो अर्थनीति यो हो भनेर भन्न नसकेको जिकिर गर्नुभयो । उहाँले काँग्रेसको अर्थनीतिमै अरु राजनीतिक दलहरु हिँडिरहेको बताउनु भयो । उहाँले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको बताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि नेपालले गरेको बताउनु भयो । 
मन्त्री पौडेलले भन्नुभयो, ‘आज यो अर्थतन्त्रको उदारीकरण नेपाली काँग्रेसले गरेको हो । आज काँग्रेस बाहेक कसैले मेरो अर्थनीति यो हो भनेर भन्ने स्थिति छैन । काँग्रेसको जे अर्थनीति हो सबैले त्यही अंगालीरहेका छन् । विकासको सन्दर्भमा हामीले थुप्रै उदाहरणहरु प्रश्तुत गर्नसक्छौँ । हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपालमा धेरै कामहरु भएको छ । समावेशिताको सन्दर्भमा अमेरिकाको संसद नेपालको जस्तो छ । भारतको संसद नेपालको जस्तो छ ? आज नेपालमा मातृ मृत्युदरको यो स्थिति पञ्चायत भएको भए यो बन्थ्यो, शिशु मृत्युदर घटेको आजको स्थिति पञ्चायत भए यो बन्थ्यो  ? अन्तर्राष्ट्रिय रुपमा अरुले गर्न नसकेको उपलब्धिहरु पनि हामीले गरेका छौँ । तर विषय के हो भने पूर्ण छैन, सन्तुष्ट हुनसक्ने स्थिति छैन ।’


उहाँले चालु खर्च घटाउन जरुरी रहेको र मितव्ययिता अपनाउन जरुरी रहेको बताउनु भयो । २७५ को संसदको संख्या घटाएर २०१ मा झार्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । प्रदेश सभाको सांसद संख्या आधा घटाउनुपर्ने प्रश्ताव गर्नुभयो । पालिकाको संख्या घटाएर वडाको संख्या बढाउनुपर्ने बताउनु भयो । संघीय मन्त्रीमण्डल २५ जनाबाट १५ जनमा झार्नुपर्ने बताउनु भयो । प्रदेशको मन्त्रीमण्डल तीन सदस्यीय बनाउनुपर्ने बताउनु भयो । राजनीतिक संरचना घटाइसकेपछि प्रशासनिक संरचना पनि घटाउन सकिने बताउनु भयो । 


मन्त्री पौडेलले शहीदहरुले रगत बगाएर ल्याएको गणतन्त्रमाथि प्रश्न गर्ने स्थिति नरहेको जिकिर गर्नुभयो ।—न्युज एजेन्सी नेपाल


काठमाडौं

बिहिबार, साउन २, २०८२

३०.३५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र जनविरोधी कामको नांगो...

टिआरसी विधेयक पास गर्नुबाहेक सरकारले अरु कुनै राम्रो काम...

पार्टीमा कोतपर्व जस्तै अनुशासन पर्व चलाइयो, यो गलतः गगन...

नवराज सुवेदीको प्रतिक्रियाः अध्यक्ष लिङदेनको स्वेच्छाचारिता रोक्न निर्वाचन आयोग...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

च्यातिदेऊ त्यो प्रेम पत्र !

च्यातिदेऊ त्यो प्रेम पत्र !जो सँगालेर राख्नलाईकुनै विशेष छैनजो हिफाजत गर्नलाईकुनै किमती छैनजो अटाएर राख्नलाईकुनै स्थान छैनजसको न कुनै मोल...

विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

”को कवि ”

टेक विसी र विमला लामाको स्वरमा लोक–पप गीत ‘छमिया’...

मुस्ताङमा छायांकन गरिएको ‘मिस कास्की नेपाल’ को म्युजिक भिडियो...

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’