fbpx

चर्चित बालगायक सचिन परियारको निधन

author

समाचारपाटी

३ हप्ता अगाडि

काठमाडौं I चर्चित बालगायक सचिन परियारको निधन भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले बिहीबार बिहान १०:४५ बजे उनको निधन भएको पुष्टि गरेको छ।

१३ वर्षीय सचिनको केही दिनदेखि अस्पतालको आईसीयूमा उपचार भइरहेको थियो। स्वास्थ्य समस्याका कारण अघिल्लो वर्षदेखि नै थलिएका परियार कम्मरमुनिको भाग राम्रोसँग चलाउन नसक्ने अवस्थामा थिए। यसअघि शल्यक्रिया गरे पनि उनले आफ्नै बलमा उभिन सक्ने अवस्था प्राप्त गर्न सकेका थिएनन्।

सचिन केही समयअघि मात्र टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’मा देखिएका थिए, जहाँ उनी राम्रोसँग बोल्नसमेत नसक्ने अवस्थामा थिए। भाइरल बालगायकका रुपमा परिचित सचिनका गीतहरूले सामाजिक सञ्जालमा चर्चा पाएका थिए।

उनले अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय गरेका थिए भने हास्य श्रृंखला ‘मेरी बास्सै’मा पनि आफ्नो अभिनय प्रस्तुत गरेका थिए। सचिनले गाएका लोकप्रिय गीतहरूमा ‘रातो रबर एक’, ‘रुमाल खस्छ कि’, ‘के छ र हजुर’, र ‘बरको छायाले’ प्रमुख छन्।

उनको निधनले नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रमा ठूलो क्षति पुगेको छ। सचिन परियारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारप्रति गहिरो समवेदना।


काठमाडौं

शनिबार, माघ १२, २०८१

११.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन