fbpx

‘एकल बहुमतको संघ, प्रदेश र स्थानीय सरकार बनाउनसके मात्रै हामी सफल हुनसक्छौँ’:-पूर्णबहादुर खड्का

author

समाचारपाटी

४ महिना अगाडि

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन स्थायी नहुने बताउनुभएको छ । शुक्रवार महोत्तरीको जलेश्वरमा आयोजित नेपाली काँग्रेस जिल्लास्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको विषय स्थायी नभएको र गठबन्धन गर्ने निर्णय तत्कालीन राजनीतिक अवस्थामा पार्टीले लिएको रणनीतिको निर्णय भएको बताउनु भयो । उहाँले रणनीतिक निर्णयअन्तर्गत २०७४ सालको निर्वाचनमा स्थानीय तहमा राम्रो गरेपनि सोही गठबन्धन प्रदेश र संघ निर्वाचनमा हुन नसक्दा क्षति व्यहोर्नुपरेको बताउनु भयो । उहाँले ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुख (केपी शर्मा ओली) ले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण बनाउनुपरेको बताउनु भयो । 

उहाँले भन्नुभयो, ‘एकल बहुमतको संघ, प्रदेश र स्थानीय सरकार बनाउनसके मात्रै हामी सफल हुनसक्छौँ । त्यसका लागि पूर्वशर्त छ, विगतमा भएका कमी कमजोरीहरु सच्याउन सक्नुपर्छ । वडाका साथीहरुले सुझाव दिने भन्ने घमण्ड गर्नु हुँदैन । सबैका सुझावहरु हामीले स्वीकार गरेर अघि बढ्न सक्नुपर्छ । पदको जिम्मेवारी मात्रै फरक हो, सम्मान सबैको बराबरी हुन्छ । गठबन्धनको विषयलाई म लामो व्याख्या गर्न चाहन्न, गठबन्धनको विषय स्थायी विषय होइन । तत्कालीन अवस्थामा, तत्कालीन राजनीतिक अवस्थामा, परिवेशमा पार्टीले लिएको रणनीतिको निर्णय हो । त्यसैले त्यो रणनीतिक निर्णयअन्तर्गत हामीले २०७४ सालमा पनि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्यौँ, एउटा परिणाम आयो । ०७४ को संघ र प्रदेशको चुनावमा हामीले गठबन्धनलाई निरन्तरता दिन सकेनौँ । अर्को परिणाम आयो । ०७९ को गठबन्धन तत्कालीन सरकारका प्रमुखले पटक पटक असंवैधानिक तरिकाले संविधान मिच्ने, प्रतिनिधि सभाको विघटन गरेका कारण त्यसका बिरुद्धमा भएको आन्दोलन, असंवैधानिक कदमको बिरुद्धमा सर्वोच्चमा गरेको कानूनी लडाईं, सडकमा गरेको जनप्रदर्शन समेत जोडिएर संसद पुनःस्थापनासँगै सरकार हाम्रा वर्तमान सभापति शेरबहादुर देउवाजीको नेतृत्वमा सर्वोच्च अदालतको परमादेशद्वारा सरकार निर्माणको प्रक्रियामा सर्वोच्च अदालतले दिएको फैसलाको जगमा हामीले जोजो असंवैधानिक कदमको बिरुद्धमा उभिए, जुन जुन नेता, जुन जुन पार्टी, नागरिक समाज, सञ्चर जगत आम जनता । त्यो पंक्तिलाई लिएर हामी सरकार निर्माणको प्रक्रियामा अघि बढ्यौँ ।’


उपसभापति खड्काले काँग्रेसले आगामी निर्वाचनमा एकल बहुमतको सरकार बनाउन विगतका कमजोरीहरु बिर्सिएर नयाँ रुपमा अघि बढ्नुपर्ने बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

२०.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

निर्वाचन अगाडि गठबन्धन गरौँ भन्ने व्यक्ति अब काँग्रेस रहँदैनः...

देउवाजीले पार्टी चलाउन सक्नुभएन, देश ओलीजीले हाँकिरहनुभएको छः सुजता...

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर