नेपालको राजनीति पूर्वप्रधानमन्त्रीहरुको क्लब जस्तो छ : गगन थापा

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गर्नुभएकाे छ। नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिन यी दुई युवा नेतासँग पत्रकार बसन्त बस्नेतले यो संवादको सहजीकरण गर्नुभएकाे हाे ।

पछिल्लो राजनीतिक घटनाक्रमको सन्दर्भ जोड्दै पत्रकार बस्नेतले महामन्त्री थापालाई शुरुमै चोटिलो प्रश्न सोधे, ‘गगनजी तपाईं पोखरामा हारेर आउनुभएको हो कि जितेर?’ महान्त्री थापाले यो छोटो प्रश्नको जवाफ अलि लामै दिनुभयाे। केही समयअगाडि मेरो व्यक्तिगत अवस्था नागपास (लुडो खेलको) मा भर्यांग चढेर अलि माथि पुगेको विश्व प्रकाश शर्मा दाइ र प्रदीप पौडेलले समर्थन गरिसकेपछि थप भर्यांग चढौंला भन्ठानेको एकैचोटी तल झरेजस्तो भयो,’ उहाँले भन्नुभयाे, नेपाली कांग्रेसको महामन्त्रीका हिसाबले हिजोको लक्ष्यमा पुग्न लागेर शून्यमा झरेजस्तो भएको छ।’उनले हिजोदिनभर पार्टी सभापति शेरबहादुर देउवाको फोन आफूलाई कति बेला आउला भनेर कुर्दा पनि फोन नआएको गुनासो पनि पोख्नुभयाे। ‘पार्टी कार्यालयमा भएको छलफल होइन, तर म पार्टीको महामन्त्री, निर्वाचित सांसद म यहाँ आउँदै गर्दा एकदम अपमानित भएर आएको।’

अर्का कांग्रेस महामन्त्री शर्माले पछिल्लो घटनाक्रममा भएको कांग्रेसको हारबारे हालै सम्पन्न विश्वकप फुटबलको उदाहरण दिँदै भन्नुभयाे, ‘जितेर पनि हारेर आएको हो । वल्र्डकपमा सबैभन्दा गोल एम्बापेले हाल्यो। गएको निर्वाचनमा सबैभन्दा बढी जित कांग्रेसले जित्यो। एम्बापेले बुट जित्यो, कप अर्कैले जित्यो।’कांग्रेस पार्टीभित्र नयाँ पुस्ताको नेतृत्व र लोकतान्त्रिक परिपाटी गर्न सफल भए पनि नेपालको राजनीति पूर्वप्रधानमन्त्रीको क्लब जस्तो देखिने थापाले टिप्पणी गर्नुभयाे।

‘एउटा पुर्वप्रधानमन्त्री अर्काे पूर्वप्रधानमन्त्रीलाई धोका दिएको देखिन्छ । कति पटक पूर्व हुने भन्ने मात्रै रह्यो सबैको । यो हेर्दा समान्य लाग्छ । यो हाम्रो राजनीतिक प्रणालीको एकदमै ठूलो समस्या हो । एकजना व्यक्ति पार्टी कब्जा गरेर बसेको अवस्था छ।’

छलफलमा नेता थापाले आफूले नेपाली कांग्रेसको केन्द्रिय बैठकमा पटक पटक निर्वाचनअघि गठबन्धन नगरौं भनेको कुरा उठाउनुभयाे। ‘नेपाली कांग्रेस र माओवादीले गठबन्धनका लागि कुरा गर्न मिल्दैन थियो। निर्वाचनमा एक–अर्काको भोट ट्रान्सफर गरिएको थियो । पाँच वर्षका लागि निर्वाचनअघि गरेको गठबन्धन गरेपछि त्यसको धर्म निर्वाह गर्नु पर्छ। जुन कुरा हामीले भन्दै आएको छौं,’ थापाले भन्नुभयाे।

उहाँले निर्वाचनअघि तालमेल गर्न उन्नत राजनीतिक संस्कार चाहिने उहाँको जोड थियो। कार्यक्रममा दुबै महामन्त्रीले निर्वाचनमा पहिलो पार्टी बनेर पनि सरकारको नेतृत्व गर्न नपाइने नियतिले हाम्रो निर्वाचन प्रणाली र संविधानमै पुनः सुधार गर्नुपर्ने कुराहरु विद्यमान रहेको टिप्पणी गर्नुभयाे। छलफलमा अब नेपाली कांग्रेसले के गर्छ भन्ने स्वभाविक प्रश्न उठ्ने नै भयो।

‘हार जितको कुरा एकछिन आयो, गयो। नेपाली कांग्रेसमा जोडिँदा एउटा प्रतिष्ठा हुन्थ्यो। त्यो कुरा फेरि बनाइन्छ। हामी कांग्रेस पार्टीलाई सदृढ कसरी बनाउँने भन्नेबारे सोचिरहेका छौं,’ गगनले भन्नुभयाे।

यसैमा नेता शर्माले फेरि फुटबलकै उदाहरण दिँदै थपे, ‘जब केही भत्किन्छ। निर्माण क्रम पनि सुरु हुन्छ। यो नेपाली काग्रेसको लागि ट्रनिङ प्वइन्ट हो। पाँच वर्षपछि हामी डिफेन्डिङ च्यापियनलाई हराउँछौं। हामी जित्छौं।’उहाँले पछिल्लो राजनीतिक प्रकरणबारे कांग्रेसले गहिरो विश्लेषण गरेर अबको यात्रा तय गर्नेसमेत बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्
मन्त्रिपरिषदको बैठक सुरु
राष्ट्रिय सभाबाट ३ वटा विधेयक पारित
आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन
६ महिनामा २४ प्रतिशतभन्दा बढि रेमिट्यान्स

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

विचार/विविधा

थप देखाउनुहोस्
विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

विचार
पत्रकारको श्रम अधिकार ‘महासंघको उच्च प्राथमिकता’

सञ्चार प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको स्पष्ट ब्याख्या गर्दै उनीहरुको श्रम अधिकार सुनिश्चित गर्न ल्याइएको यो ऐनको व्यवहारिक...

विचार
“उच्च मनोबलका साथ खेल्छौं”

पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिष्पर्धी भएको र भालि हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)
मिङसोहाङको स्वर, डि.पीको शब्दमा रहेको ”तिम्रै हुनेछु’ सार्वजनिक (भिडियो)
चलचित्र ‘नम्बरी सुन’मा मोडल अनिता गिरी अनुबन्धित
राष्ट्रिय भावनाले भरिएको गीत ‘किन हुँदैन’ मा सुगम, ल्याङ्ग्री,...

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

काठमाडौं

सोमवार, माघ २३, २०७९

१४.१५°

-
Clouds