त्रिभुवन आर्मी क्लवमाथि पुलिसको जित

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । नेपाल पुलिस क्लवले जारी एन्फा यु–१६ युथ फुटबल लिगमा विभागीय टोली प्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लवमाथि ६–१ को रबाफिलो जित निकालेको छ । 


अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा ललितपुरस्थित च्यासल स्टेडियममा शनिवार पुलिसले विभागीय डर्बीमा रबाफिलो जित आत्मसाथ गरेको हो । पुलिसको जितमा सुवास बम र नविन ओलीले दुई गोल तथा निश्चिल मगर र लक्ष्मण थामीले समान एक गोल गरे । खेलको १८ औं मिनेटमा नै नवीनले गोल गर्दै पुलिसलाई अग्रता दिलाए । तर, ३४औं मिनेटमा अनुभव पुरीले गोल फर्काउँदै आर्मीलाई खेलमा फर्काए । तर, दोस्रो हाफमा भने पुलिसले गोलको वर्षा गर्दै पाँच गोल ग¥यो ।
५२ औं मिनेटमा लक्ष्मण थामीले गोल गर्दै अग्रता दोब्बर पारे । त्यसको दुई मिनेटमा नै नवीन ओलीले पुलिसको तेस्रो गोल थपे । अन्तिम १० मिनेटमा पुलिसले तीन गोल थपेपछि रबाफिलो जित निकाल्यो । सुवासले ८१औं मिनेट र ९०औं मिनेटमा गोल गरेका थिए । खेलको इन्जुरी समयमा निश्चिल मगरले गोल थप्दा पुलिस विभागीय टोलीमाथि पूर्ण हाबी भयो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको अर्को खेलमा संकटा क्लवले पनि एफसी खुमलटारमाथि ५–१ को फराकिलो जित निकाल्यो । शनिवार भएको तेस्रो खेलमा एपिएफ र चर्च ब्वाइज क्लबले १–१ को बराबरीमा खेले ।


एपिएफले अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले एक अंक प्राप्त गरेको हो । कुल १० टोली सहभागी युथ लिग आगामी ६ महिनासम्म चल्नेछ । लिगमा मनाङ मस्र्याङ्दी र पुलिससहित एफसी खुमलटार, संकटा, आर्मी, एपिएफ, फ्रेण्ड्स, चर्च ब्वाइज, न्युरोड टिम र मच्छिन्द्र एफसीले प्रतिष्पर्धा गर्दैछन् । लिगका खेलहरू एन्फा कम्प्लेक्स, च्यासल स्टेडियम र नेपाल आर्मीको खेल मैदान सल्लाघारीमा भइरहेका छन् । उक्त खेलहरू शनिवार र सार्वजनिक बिदामा मात्र सञ्चालन हुनेछन् । 


काठमाडौं

शुक्रबार, जेष्ठ १०, २०८२

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

‘हामी देश बनाउन नसक्ने होइनौं, हामी अल्मलिएका छौं’:-शेखर कोईराला

राप्रपा सांसद कार्कीको कटाक्षः काँग्रेस सांसदहरु प्रधानमन्त्री खोज्न जानुभयो...

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’