fbpx

प्रहरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने

author

समाचारपाटी

८ महिना अगाडि

सरकारले प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाउने भएको छ ।
सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइने बतउानुभएको हो । उहाँले सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने पनि बताउनु भयो । त्यस्तै कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रवन्ध गरिने पनि उहाँले बताउनु भयो । त्यसैगरी अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार अपराध र राजश्व चुहावट नियन्त्रण गरिने सरकारको नीति कार्यक्रममा उल्लेख गरिएको छ । 

उहाँले भन्नुभयो – ‘शान्ति, सुरक्षा, सेवा प्रवाह, विकास र सुशासनका जनअपेक्षा पूरा गर्न गृह प्रशासनलाई थप प्रभावकारी बनाउन सबल, सक्षम र व्यवसायिक तुल्याइनेछ । सबै तहका प्रहरी कर्मचारीको सेवा निवृत्त हुने अवधि पुनरावलोकन गरी बढुवा प्रणालीलाई अनुमानयोग्य बनाइनेछ । सुरक्षा निकायलाई भौतिक पूर्वाधार, उपकरण, बन्दोबस्ती, प्रविधिजस्ता क्षेत्रमा स्रोत, साधन सम्पन्न तुल्याइ आन्तरिक सुरक्षा व्यवस्थालाई भरपर्दो र विश्वसनीय बनाइने छ । कमजोर अवस्थाका र राज्यले सुरक्षा गर्नुपर्ने वर्गलाई सुरक्षा अनुभुति दिलाउने प्रवन्ध गरिने छ । अन्तर्राष्ट्रिय सीमा सुरक्षालाई थप सुदृढ बनाइ सीमापार अपराध र राजश्व चुहावट नियन्त्रण गरिनेछ । सीमा सुरक्षामा स्थानिय नागरिकको सहभागिता, स्वामित्व र अपनत्व बढाउने कार्यक्रम सञ्चालन गरिने छ । अध्यागम सेवालाई थप सुदृढ र व्यवस्थित बनाइनेछ । कारागारको भौतिक सुधार, पूर्वाधारलाई निरन्तरता दिइनेछ । राष्ट्रिय परिचयपत्र प्रणालीलाई राज्यबाट प्रवाह हुने सबै प्रकारका नागरिक सेवा, सुविधासँग आवद्ध गरिनेछ । नागरिक सेवासँग सम्बन्धित सबै सरकारी विद्युतीय प्रणालीलाई नागरिक एपमा आवद्ध गरी मोवाइलबाटै अधिकांश सेवा लिन सकिने व्यवस्था मिलाइनेछ ।’

अध्यागम सेवालाई थप सुदृढ र व्यवस्थित बनाइने जनाइएको छ । त्यसैगरी कारागारको भौतिक सुधार, पूर्वाधारलाई निरन्तरता दिइने सरकारको नीति तथा कार्यक्रम रहेको छ ।

—न्युज एजेन्सी नेपाल


काठमाडौं

शुक्रबार, माघ ११, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक