fbpx

‘टाइगर कप’ भलिबलको फाइनलमा पुलिस क्लब र एपीएफ क्लब

author

समाचारपाटी

२ महिना अगाडि

काठमाडौँ । टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ नेपला पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीफ क्लब फाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालाको भलिबल कोर्टमा पुरुषतर्फ पुलिसले आर्मीलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पहिलो सेट पुलिसले २५–१४ ले जितेको थियो । दोश्रो सेटमा आर्मी २५–२२ ले विजयी भयो । यस्तै तेश्रो सेटमा फेरि पुलिसले २५–२२ ले जित्यो । चौथो सेटमा आर्मीले २५–२३ ले जित्यो । पाँचौ तथा अन्तिम सेटमा पुलिसले आर्मीलाई १५–१२ ले हरायो ।

पराजित भएको आर्मीले अब दोश्रो क्वालिफायरमा अहिले भइरहेको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबको विजता टोलीसँग खेल्नेछ । अहिले पुरुषतर्फको इलिमिनेटरमा भारतको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच खेल भइरहेको छ ।

यसैगरी महिलातर्फ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले टाइगर ग्रुपलाई ३–१ को सटेमा पराजित गर्यो ।

पहिलो सेट २५–२० ले जितेको एपीएफ दोस्रो सेट २१–२५ ले हारेको थियो । यस्तै एपीएफले तेस्रो सेट २५–१९ र चौथो सेट २६–२४ ले जित निकाल्दै फाइनल पुगेको हो ।

अब पराजित भएको टाइगर ग्रुपले भोलि न्यू डायमण्ड स्पोटर््स क्लबसँग दोश्रो इलिमिनेटर खेल्नेछ । दोश्रो इलिमिनेटरको विजेता फाइनलमा प्रवेश गर्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता पर्सि आइतवारसम्म चल्नेछ ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

आरआर क्याम्पसमा चैत १६ गते स्ववियु चुनाव

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन