fbpx

१४ दिन सम्म सञ्चालन भएको एघारौं पोखरा महोत्सव सम्पन्न

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पुषको २७ देखी पोखराको अमरसिंह चौरमा सञ्चालन भएको पोखरा महोत्सव मङ्गलबार सम्पन्न भएको छ । १४ दिन सम्म सञ्चालन भएको पोखरा महोत्सवको समापन गर्दै कास्की क्षेत्र नम्बर १ का सांसद माननीय मन बहादुर गुरुङले युनाइटेड क्लब पोखराले सामाजिक कामका लागीनै महोत्सवको आयोजना गरेर अगाडि वढिरहदा अन्य संघ संस्थाहरुले पनि यस्ता कामलाई अनुसरण गर्नुपर्नेमा जोड दिनुभएकाे छ ।

महोत्सवको आयोजना गरी गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तब्य चिडियाखाना निर्माण संगै शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी लाई सहसिक पर्यटकीय गन्तब्य बनाउनतर्फ लागिरहेको र त्यसमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयाे । त्यस्तै गण्डकी प्रदेश सभा सदस्य बेद वहादुर गुरुङले युनाइटेड क्लव आफ्नो उद्देश्यमा अगाडि वढ्दै उद्देश्यलाई पुरा गर्नतर्फ लागिरहेको र त्यसमा आफ्नो संधै साथ र सहयोग रहने बताउनुभयाे ।

महोत्सवका मुख्य प्रायोजक बेटर होम एपलायन्सेसका सञ्चालक बिनोद रौनियारले महोत्सवको आयोजना गरी विशुद्ध सामाजिक काममा अगाडि वढिरहेको युनाइटेड क्लब संग आफ्नो संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्ने गरी सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयाे ।

आर एस सी ट्रेडिङ प्रालिको बेटर होम एपलायन्सेस घरायसी सामाग्री उत्पादन संगै बिक्री गर्ने कम्पनी रहेको बताउँदै रौनियारले बेटर ब्राण्डबाट घरमा प्रयोग हुने राइसकुकर, प्रेसर कुकर, ग्यास चुलो, मिक्सचर ग्रयाण्डर, ग्यास गिजर, इलेक्ट्रिक गिजर, पंखा, हिटरका साथै विभिन्न इलेक्ट्रोनिक्स आइटमहरु उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको बताउनुभयाे ।

नेपालमै उत्पादन भएकोे आफुहरुको ब्राण्ड ग्राहकहरुको रोजाइमा पर्न सफल भएको बताउँदै रौनियारले पोखराको आफ्नै स्थानिय कम्पनी भएको कारणले गर्दापनि पोखरेली जनताको साथ र सहयोग सधैझै उच्च स्तरमा रहने आशा समेत ब्यक्त गर्नुभयाे ।

ब्यवसायीक संस्थालाई सामाजिक काम गर्ने संस्था युनाइटेड क्लब पोखरा संग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको र आगामी दिनमा पनि यस्ता सामाजिक काममा आफ्नो कम्पनीको साथ र सहयोग हुने समेत प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

जिल्ला डिभिजन बन कार्यालय कास्कीका प्रमुख केदार बरालले एउटा क्लबले गरेको सामाजिक काम चानेचुने कुरा नभएको बताउँदै पोखरामा सामुदायिक स्तरको चिडियाखाना निर्माणमा काम गर्ने संस्था युनाइटेड क्लव चिडियाखानाको मातृ संस्था रहेको बताउनुभयाे । बन जैबिक विविधता मात्र नभएर शिक्षा, स्वास्थ्य, खेलकुद र सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको युनाइटेड क्लबको हरेक गतिबिधीमा आफ्नो साथ र सहयोग रहने उहाँको भनाइ रहेको थियो ।

अमरसिंह माबिका प्रध्यानाध्यापक तेजश्वी बरालले युनाइटेड क्लवले हाल सम्म लिएको उद्देश्यलाई प्राप्त गर्न सफल भएको र एघारौं पोखरा महोत्सव देखी पोखरा लेखनाथको अर्चलेमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुने छात्राबास निर्माणको उद्देश्य समेत पुरा हुनेमा आफु विश्वस्त रहेको बताउनुभयाे । अमरसिंह मावि हाल सम्म सवैको मनमा बस्न सफल विद्यालय बनेको बताउँदै विद्यालयको उन्नती र प्रगतीको लागि सवैको साथ र सहयोगको समेत अपेक्षा रहेको उहाँको भनाइ रहेको थियो ।

महोत्सव अवधिभर करिब २ लाख ५० हजार दर्शकले अवलोकन गरेभने लगभग १० करोडको कारोबार भएको महोत्सवका अर्थ ब्यवस्थापन समितिका संयोजक सूर्य बहादुर बानियाले जानकारी दिनुभयाे । महोत्सव स्थलबाट पोखराको लेखनाथ स्थित पचभैयामा निर्माणाधिन अवस्थामा रहेको चिडियाखाना अवलोकनका लागि लगभग ८ सयजनाले महोत्सव स्थलबाट निशुल्क बसबाट सेवा लिएको आयोजकले जनाएको छ । त्यसैगरी महोत्सव स्थलमा करिब ५ सय जनाले घोडसवारको मजा लिएका थिएभने करिब १५ सय वालवालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए ।

महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक संगै अन्तराष्ट्रिय ब्याण्डहरुको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए । महोत्सवको अन्तिम दिन चोलेन्द्र पौडेल, जीवन दाहाल, तारापति सुवेदी, शंकरविरही गुरुङ, शिवहरी ढुंगाना, तुलसा जिसी, दुर्गा क्षेत्री, कमला सुनार लगायतले लोक दोहोरी मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गरेका थिएभने सांझको कन्सर्ट तर्फ चर्चित र्यापर एएनटीएफ बाट चर्चित भएका र्यापर माइलाको प्रस्तुतीमा पोखरेली युवाहरुले भरपुर मनोरन्जन लिएको महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।


काठमाडौं

बुधबार, चैत्र ५, २०८१

१२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

पुल्चोक क्याम्पसमा २ हजार ९७९ मत खस्यो

झडप भएपछि पाटन संयुक्त क्याम्पसको चुनाव स्थगित

काठमाडौं उपत्यकाका ११ क्याम्पसमा स्ववियु नेतृत्वका लागि मतदान हुँदै

आरआर क्याम्पस बाहिर विद्यार्थीहरुले गरे विरोध स्वरुप मतदान

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

डि–मर्चा, लेकाली, मध्याह्न, देउराली, ब्रोसिस र भेगाबोण्ड एउटै मञ्चमा...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन