fbpx

२६ औं पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ ।

यसै क्रममा रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको छ । सुरक्षा परिषद् बैठकका सहभागीहरूले रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने औल्याउनुभयाे । उनीहरूले विगतका संस्करणहरूमा जस्तै यसपटक पनि सुरक्षा निकायबाट सक्दो सहयोग हुने विश्वास व्यक्त गर्नुभयाे ।

आयोजक समितिका अध्यक्ष विश्वराज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलिया, सशस्त्र प्रहरी बल कालिका गणका गणपति अरुण कुमार शर्मा, राष्ट्रिय अनुसन्धान कार्यालय कास्कीका उप–अनुसन्धान निर्देशक सुरेशकुमार तिवारी, कृष्णदल गण फुलबारी ब्यारेक पोखराका सन्दीप केसी, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, यातायात तथा पार्किङ समितिका संयोजक चिरञ्जीवी पोखरेल लगायतले महोत्सव सफल पार्नेबारे आ–आफ्नो धारणा राखेका थिए ।

यसपटकको सडक महोत्सवमा नमस्ते हस्पिटल तथा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले सहयोग गर्ने स्वास्थ्य सेवा उपलब्ध गराउने भएका छन् । महोत्सव अन्तर्गत स्वास्थ्य समितिका संयोजक भिष्मराज पौडेलले स्वास्थ्य समितिको बैठकमा बोल्दै महोत्सव उद्घाटनदेखि समापनसम्म अवलम्बन गरिनुपर्ने स्वास्थ्य रणनीतिका बारेमा प्रकाश पारेका थिए । महोत्सव गरिने चार किलोमिटर क्षेत्रभित्र विभिन्न स्थानमा स्वास्थ्य डेक्स राखी औषधि उपचारमा विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयाे । स्वास्थ्य सेवाका सवारी साधनलाई महोत्व स्थलमा सहज आवत जावतको वातावरण तयारी पारिने पौडेलको भनाई थियो ।

महोत्सव संयोजक विकास भट्टराईले रेवानले आयोजना गरेको पोखरा सडक महोत्सवमा अहिलेसम्म कुनै पनि अप्रिय घटना नघटेको बताउँदै यसपटक थप व्यवस्थित पारिने बताउनुभयाे । स्वास्थ्य सेवा सुलभ गराउन अनुगमन समिति खटाइने भट्टराईले जनाउनुभयाे ।

समितिका अध्यक्ष विश्वराज पौडेलले महोत्सव स्थल भित्र नो भेइकल जोन बनाइने भएकाले सुरक्षा, स्वास्थ्य, पार्किङ लगायतका विषयहरूमा आयोजकहरूले विशेष निगरानी राख्नुपर्नेमा जोड दिए ‌। त्यसैगरी हेल्प डेक्स तथा हेल्थ डेक्समा क्युआर कोड, हटलाइन सेवाको व्यवस्था गरिने बताउनुभयो ।

महोत्सवको अर्को आकर्षण सांस्कृतिक कार्यक्रम विगतको भन्दा थप आकर्षक, सभ्य, भव्य बनाउने सांस्कृतिक उपसमितिको तयारी रहेको छ । विगतको भन्दा केहि पृथक स्वाद दिन समुहले फरक साँस्कृतीक कार्यक्रम सांस्कृतिक संयोजक चौ बहादुर गुरुङ्गले बताउनुभयाे । रेवान पोखराका महासचिव विरेन्द्र शेरचनले बैठकहरु सञ्चालन गर्दै सडक महोत्सव रेवानले आयोजना गरेतापनि समग्रमा यो पोखराकै पहिचान भएकाले यसलाई सफल पार्न पोखरेली एकताको खाँचो रहेको औंल्याउनुभयाे ।


काठमाडौं

बिहिबार, माघ १०, २०८१

९.९६°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

पूर्वडीआईजी जोशी : बहस नसकिएपछि प्रहरी हिरासतमा

राष्ट्रिय परिचयपत्रलाई कार्यान्वयन रोक दायर रिट निवेदन सर्वोच्च अदालतले...

एकता राष्ट्रिय अभियानको ठूलो समूह एमाले र माओवादीमा जाने

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक