fbpx

पोखरा रंगशालामा पाँचौं सृजना कप सुरु

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरा रंगशालामा मंगलबारदेखि पाँचौं सृजना कप सुरु भएको छ । प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रतियोगिता सफलताको शुभेक्षा व्यक्त गर्नुभयाे । छोटो मन्तव्यमा उहाँले खेलका नियम पालना गर्दै अनुशासित ढंगले प्रतियोगितामा भाग लिन आग्रह गर्नुभयाे । उहाँले सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहने बताउनुभयाे । ‘तपाईंहरु सबैले जित्नुहोस्,’ उहाँले भन्नुभयाे, ‘पुरस्कार जित्ने एक होलान् तर सम्पूर्ण दर्शकको मन जित्न सक्यो भने खेलाडी सदासदा बाँचिरहन्छ ।’ गण्डकी प्रदेश सरकारतर्फबाट प्रोत्साहन हुने तथा हौसला प्रदान हुने यस्ता सबै काममा सकारात्मक सहयोग गर्नेमा आफू दृढ रहेको मुख्यमन्त्री अधिकारीले बताउनुभयाे ।

प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङले परिषद्ले खेलकुदको विकासमा विविध कार्यक्रम गर्दै आएको उल्लेख गर्दै खेल विकाससहित प्रतियोगिताले प्रतिभा प्रस्फुटनमा सघाउ पुग्ने औंल्याउनुभयाे । पोखरा वडा १५ अध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समिति अध्यक्ष तोरणबहादुर बानियाँले खेलले एक मनसँग अर्को मन जोड्न मद्दत मिल्ने बताउनुभयाे ।

कार्यक्रममा सृजना विकास केन्द्र सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारी, जनप्रिय बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छे, जनप्रिय मावि व्यवस्थापन समिति अध्यक्ष परशुराम बराल, खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयाे ।

आयोजक सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापाले प्रतियोगिता नियमितरुपमा संचालन गर्दै जाने र आगामी दिनमा खेलाडीको हितको लागि अक्षयकोषसमेत स्थापना गर्ने बताउनुभयाे । उहाँले भलिबल एकेडेमी संचालन गर्दै लुकेर रहेको प्रतिभा उजागर गर्दै जाने बताउनुभयाे ।

सृजना विकास केन्द्र अध्यक्ष थापाको अध्यक्षतामा भएको कार्यक्रममा कास्की जिल्ला भलिबल संघ महासचिव टंकराज पौडेलले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन प्रतियोगिता संजोजक मीनप्रसाद भट्टराईले गर्नुभएकाे थियाे । सो अवसरमा जनप्रिय स्कुलका विद्यार्थी नृत्य प्रस्तुत गर्नुभयाे ।

सृजना विकास केन्द्रले कास्की जिल्ला भलिबल संघसँग मिलेर सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबल संचालन गरेको हो । फागुन १६ देखि १९ सम्म पोखरा रंगशालास्थित भलिबल कोर्टमा चल्ने प्रतियोगितामा ४५ टिमले भाग लिएका छन् । तीमध्ये छात्रतर्फ ३० र छात्रातर्फ १५ टिम रहेको सृजना विकास केन्द्रका निवर्तमान अध्यक्षसमेत रहेका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयाे ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १ र १ लाख, उपविजेतालाई ६० र ६० हजार र तृतीय हुने विद्यालयलाई ३५ र ३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट छात्रछात्रालाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिनेछ । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाउने छन् ।

भलिबल खेल विकास, बिस्तार र खेलाडी उत्पादनका लक्ष्यमा यो प्रतियोगिता सफल हुँदै आएको आयोजक कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङ बताउँनुहुन्छ । सृजना विकास केन्द्रका पूर्व अध्यक्ष एवं सल्लाहकार समिति संयोजक गणेशबहादुर अधिकारीले विगतमा क्लबले विद्यालयस्तरमा सृजना रनिङ शिल्ड आयोजना गरेको स्मरण गर्दै सृजना कप रुपमा यहाँसम्म आइपुग्दा खुसी व्यक्त गर्नुहुन्छ ।

प्रतियोगितामा १२ लाख ५० हजार आम्दानी हुने र ११ लाँख खर्च लाग्ने आयोजकको अनुमान छ । बचत भलिबल खेलको विकासको निम्ति कोष स्थापना गरिने तथा सृजना विकास केन्द्रद्वारा संचालित सृजना बालगृहमा सहयोग गरिने संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयाे । उद्घाटनका दिन पहिलो चरणका खेल भएका छन् । गत वर्ष पोखराको भकुण्डेस्थित शान्ता माविले दोहोरो उपाधि जितेको थियो ।


काठमाडौं

बुधबार, बैशाख १२, २०८१

१७.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

Omoda Nepal

https://omodanepal.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने