fbpx

परिचय एड्भर्टाइजिङ प्रालिले पोखरा स्पोर्ट्स अवार्डमा सघाउने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । परिचय एड्भर्टाइजिङ प्रालिले नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा आयोजना गर्न लागेको सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ मा सघाउने भएको छ । पोखरा न्युरोडमा रहेको परिचयले अवार्ड कार्यक्रमको लागि ३५ हजार रुपैयाँ प्रदान गर्ने सम्झौता भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयाे । मंगलबार परिचय एड्भर्टाइजिङ प्रालिकी पब्लिक रिलेसन अफिसर जेनिता थापा र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सहयोग गर्नेबारे सम्झौता भएको हो । ‘विज्ञापन लगानी हो खर्च होइन’ भन्ने सोलोगनका साथ विज्ञापनको क्षेत्रमा बेग्लै छाप छोड्न सफल परिचय प्रिन्टिङ, डिजाइनिङ र इभेन्ट मेनेजमेन्टको क्षेत्रमा स्थापित बनिसकेको छ ।

यसका अलावा होटल बाराही पोखरा, पोखरा महानगरपालिका वडा नं. ३, ४, ९ र १५ तथा प्रदेश खेलकुद परिषद गण्डकीका सल्लाकार सुनिल गुरुङले समेत अवार्ड कार्यक्रममा सहयोग प्रदान गर्ने मंगलबारनै तय भएको अवार्ड कार्यक्रम अन्र्तगतको प्रचारप्रसार उपसमितिका संयोजक समेत रहेका पौडेलले खुलाउनुभयाे ।

यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

अवार्ड कार्यक्रमको बारेमा जानकारी दिन मञ्चले बैशाख १३ गते बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । बिहान पौने नौ बजे क्लासिक चुलोमा हुने पत्रकार सम्मेलन मार्फत मञ्चले चारवटा विधाको नोमिनेसन सार्वजनिक गर्ने तयारी गरेको महासचिव पौडेलले बताउनुभयाे ।

कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिकाले सघाउने भएका छन् ।

यसैगरी नेपाल भूतपूर्व खेलाडी मञ्च, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमाण्डु, सहारा हङकङ, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, नेपाल हवाई खेलकुद संस्था, क्लासिक चुलो, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले समेत सहयोग गर्ने तय भैसकेको छ ।

यसका अलावा उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१२.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...