fbpx

‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता, सहयोगी जोडिने क्रम जारी

author

समाचारपाटी

१ year अगाडि

पोखरा । पोखरामा आयोजना हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति तथा तेह्र वटा उपसमितिले आफ्नो जिम्मेवारी अनुसारको कामलाई तिव्र रुपमा अगाडि बढाइरहेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिनुभयाे ।

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने प्रचार प्रसार उपसमितिका संयोजक समेत रहेका पौडेलले बताउनुभयाे ।

मञ्चले मंगलबारसम्ममा चारवटा विधाको नोमिनेसन सार्वजनिक गर्ने तयारी गरेको छ । वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ वर्ष २०७९ मा उनीहरुले प्राप्त गरेका उपलब्धि समेतलाई आधार बनाएर तीन–तीन जनाको नाम छनोट गरेर नोमिनेसन सार्वजनिक गरिनेछ ।

अवार्ड कार्यक्रमको मिति नजिकिदै गर्दा सहयोगीहरु जोडिने क्रम समेत बढ्न थालेका छन् । जसअनुसार नेपाल भूतपूर्व खेलाडी मञ्चले अवार्ड कार्यक्रममा सघाउने भएको छ । अघिल्लो सस्करणको अवार्ड कार्यक्रममा लाइफ टाइम अचिभमेन्ट अवार्डको पुरस्कारको प्रायोजन गरेको भूतपूर्व खेलाडी मञ्चले यसपाली २५ हजार रुपैयाँ सहयोग गर्ने भएको हो ।

यता सहारा हङकङले अवार्ड कार्यक्रमको लागि दश हजार रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम सहारा हङकङका अध्यक्ष दीपक गुरुङले मञ्चका अध्यक्ष दीननाथ बराललाई हस्तान्तरण गर्नुभयाे । सहयोग हस्तान्तरण कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष केशव पाठक, उपाध्यक्ष सुरज श्रेष्ठ, पूर्व सल्लाहकार सुर्दशन रञ्जित, सदस्य कृष्ण दवाडी सहभागी बन्नुभयाे ।

यसका अलावा अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, वल्ड लिंक, फुडमाण्डु, पश्चिमाञ्चल सामुदायिक अस्पताल लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चले जनाएको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिनुभयाे । अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा सांगीतिक तथा साँस्कृतिक कार्यक्रम समेत रहने उहाँले खुलाउनुभयाे ।


काठमाडौं

सोमवार, जेष्ठ ७, २०८१

१९.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीविरुद्ध नेवि संघको विरोध प्रदर्शन

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

खजुरे ब्रो :- कमेडी जनरामा एक सामाजिक कथा

प्रिमियर शोपछि कलाकारहरु भन्छन्ः ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै...