fbpx

पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको छलफल कार्यक्रममा विभिन्न खेल संघ संस्थाका पदाधिकारीहरुले पोखरा स्पोट्र्स अवार्ड खेलकुदकर्मीहरुको ठुलो इभेण्ट भएकोले उक्त कार्यक्रममा खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा बिद्यार्थीहरुको सहभागिता गराउन वक्ताहरुले सुझाव दिनुभएकाे हाे ।

वैशाख २३ गते पोखरा सभागृह हलमा आयोजना हुने स्पोर्टस् अवार्डको पूर्व सन्ध्यामा भएको छलफल कार्यक्रममा बोल्दै प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङले पोखरा स्पोर्टस् अवार्ड मोफसलको उत्कृष्ट अवार्ड भएको बताउनुभयाे । यसले खेलसंस्कृतिको विकास गर्नका लागि समेत सहयोग पुगेको बताउँदै प्रदेश खेलकुद परिषद गण्डकीको तर्फबाट सहयोगलाई निरन्तरता दिने बताउनुभयाे ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले मञ्चले अवार्ड कार्यक्रममा हरेका तप्काका खेलाडीहरुलाई समेट्नु राम्रो पक्ष भएको भन्दै यस्ता कार्यक्रमले खेलाडी उत्पादनमा सहयोग पुग्ने बताउनुभयाे । कार्यक्रमलाई सफल बनाउन सबैले अपनत्व लिनेगरि तयारी गर्न सुझाव दिनुभयाे ।

जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख डी.बी. नेपालीले स्पोर्टस् अवार्ड पोखराको एउटा उत्कृष्ठ ‘इभेन्ट’ रहेको बताउनुभयाे । उहाँले कार्यक्रमलाई सफल पार्न विभिन्न संघसंस्थाहरुको पनि उत्तिकै भूमिका रहने बताउनुभयाे। अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताउनुभयाे । उहाँले यही क्षेत्रमा केही गर्छु भन्नेहरुका लागि हौषला थप्ने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रममा सातौं पोखरा स्पोर्टस् अवार्ड–२०७९ का मूल आयोजक समितिका संयोजक दीननाथ बरालले वैशाख २३ गते हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने जानकारी दिनुभयाे ।

आफुहरुले अवार्डलाई सभ्य र भब्य बनाउन विभन्नि क्षेत्रका संघ संस्थाहरुसँगको छलफललाई तिव्र बनाइएको बताउनुभयाे । हाम्रोले नभई राम्रोले अवार्ड पाउनेमा निश्चिन्त बन्न उहाँको आग्रह थियो ।

सो कार्यक्रममा पोखरा स्पोर्टस् अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.लगायतले सहयोग गर्ने तय भैसकेको मञ्चका सचिव शशी कुमार पौडेलले जानकारी दिनुभयाे ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको सचिव पौडेलले जानकारी दिनुभयाे । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको छ ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर