पोखरा स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघको प्रतिवद्धता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाउनुभएकाे छ । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी बन्दै उहाँहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । उहाँहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुशी व्यक्त गर्नुभयाे । अवार्ड वितरणलाई पारदर्शी बनाउदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उहाँहरुको जोड थियो ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले खेलाडीलाई खेल जीवनबाटै जीवन धान्न सक्ने अवस्था बनाउनुपर्ने बताउनुभयाे । कास्की जिल्ला कबड्डी संघका अध्यक्ष समेत रहनुभएका उहाँले अवार्ड कार्यक्रमलाई सफल बनाउन प्रतिवद्धता जनाउनुभयाे ।

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक बहादुर गोदारले खेल संघबिच समन्यवको कमी हुँदा अर्काले फाइदा लिएको गुनासो गर्नुभयाे । अवार्ड कार्यक्रमको आयोजनाले खेल क्षेत्रमा उत्साह थपिएको सुनाउनुभयाे ।

कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने बताउनुभयाे । के कारणले अवार्ड पाए भन्ने जिज्ञाशा सबैको हुने भएकोले यो जिज्ञाशा मेटिनेगरी प्रतिभा छनोट गर्न सुझाउनुभयाे ।

कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष विजय शाहीले राज्यले बाँड्ने अवार्ड पुरस्कार फेयर नहुने भएपनि पत्रकारले गर्ने कार्यक्रमले सही प्रतिभा छनोट गर्ने विश्वास व्यक्त गर्नुभयाे । उहाँले हरेक तीन–तीन महिनामा अन्तरक्रिया कार्यक्रम गरेर खेल गतिविधिको बारेमा मञ्चले जानकारी लिनुभयाे प्रतिभा छनोट गर्न सहज हुने बताउनुभयाे ।

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताउनुभयाे । गण्डकी प्रदेशको कार्यक्रम हो भन्ने सन्देश जाने भएकोले सबै मिलेर यसलाई सफल बनाउनपर्नेमा उहाँले जोड दिनुभयाे ।

कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले विगतका अवार्ड कार्यक्रमबाट पाठ सिकेर थप आर्कषक रुपमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बताउनुभयाे । प्रतिभा छनोट गर्दा फ्रेन्डसिप गेम हो की अफिसियल गेम हो जानकारी लिनुपर्ने सुझाब दिनुभयाे ।

साइकलीङ संघ कास्कीका अध्यक्ष शंकर भण्डारीले छनोट समितिमा खेलसंघका व्यक्ति राख्न सुझाउनुभयाे । मञ्चले खेल क्लबलाई समेत समेट्न खोज्नु सकारात्मक भएको उहाँको भनाई थियो । नेपाल स्ट्रोङगेष्ट क्युँकुशिन कराते संघका अध्यक्ष कृष्ण बहादुर नेपालीले डाटा संकलन समयमानै हुनुपर्ने बताउनुभयाे ।

कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष बसन्त गौचनले अवार्ड कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताउनुभयाे । राज्यको मात्र मुख ताकेर नहुने भएकोले पत्रकार मञ्चले गरेको कार्यक्रम भव्य बनाउन सबैले साथ दिनुपर्नेमा जोड दिनुभयाे ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले खेलाडीलाई प्रोत्साहन दिने यो कार्यक्रम बृहत भएको बताउनुभयाे । कार्यक्रम भव्य बनाउन खेल संघले साथ दिनुपर्ने उहाँको भनाई थियो ।

सहारा क्लब पोखराका सचिव सुनिल रानामगर अवार्ड कार्यक्रममा व्यवसायीहरुलाई पनि जोड्नुपर्ने सुझाउनुभयाे । खेलाडीलाई अगाडि बढ्न यस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनुभयाे ।

नेपाल ट्रायथोलन संघ कास्कीका सचिव वासुदेव सुवेदीले अवार्ड कार्यक्रमलाई सहयोग गर्ने बताउनुभयाे । कास्की जिल्ला ह्यान्डबल संघका सदस्य गोपाल थापाले सरकारले गर्नुपर्ने काम मञ्चले गरेकोमा खुशी व्यक्त गर्नुभयाे । कास्की जिल्ला फुटसल संघका सदस्य उमेश पुनले आफ्नो संघको तर्फबाट साथ रहने बताउनुभयाे ।

उहाँहरुका जिज्ञासालाई मञ्चका अध्यक्ष दीननाथ बराल, सल्लाहकार विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाउनुभयाे । उनीहरुले अघिल्ला संस्करणबाट सिकेको पाठका कारण कमीकमजोरी हुन नदिन मेहनत गर्ने बताउनुभयाे । खेल क्षेत्रमा लाग्नेहरुलाई प्रोत्साहन गर्नको लागि कार्यक्रमको आयोजना गर्दै आएको उहाँहरुले प्रष्टाउनुभयाे । हाम्रोले नभई राम्रोले अवार्ड पाउनेमा निश्चिन्त बन्न उहाँहरुको आग्रह थियो । खेल संघ र क्लबलाई निरन्तर साथ दिन उनीहरुले अनुरोध समेत गर्नुभयाे ।

आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने सातौं सस्करणको पोखरा स्पोटर्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाउनुभयाे ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि.लगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको महासचिव पौडेलले जानकारी दिनुभयाे । अवार्ड कार्यक्रम भव्य बनाउन मुल आयोजक समिति र तेह्र वटा विभिन्न उपसमिति गठन गरिएको छ ।


काठमाडौं

बुधबार, असार २५, २०८२

२१.८४°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

नास्तिकता: विवेक, विज्ञान र मानवतामा उन्मुख चेतनाको यात्रा

“नास्तिक हुनु भनेको केवल ईश्वरको अस्तित्व अस्वीकार गर्नु होइन, त्यो हो भ्रमको अवसान र विवेकको उदय हो। यो एउटा सरल...

विचार

जन्मैदेखि विभेदमा महिला 

नेपालमा मात्रै नभएर विश्वभरी नै हेर्ने हो भने महिलाहरू पुरुषको तुलनामा पिछडिएको नै देखिन्छ। महिलालाई विभेद भ्रुण अवस्थादेखि नै भएको...

विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

यो सरकारको पतन अनिवार्य छः अध्यक्ष नेपाल

धर्तीको एक जनाले पनि माधव नेपालले भ्रष्टाचार गरेको प्रमाण...

एमाले सकंटै संकटमा छ, भविष्य के हुने हो भन्न...

रास्वपाले रुपन्देही–३ उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया आईतवार टुंग्याउने,...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतीराजको ‘नाकछोङ’ फष्टलुक्स सार्वजनिक, फष्टलुक्समा यस्तो देखियो ‘नाकछोङ’

फिल्म ‘रङ डेस्टिनेशन २’को गीत ‘ब्रेक डान्स’ सार्वजनिक

हिन्दी गीतको भिडियोमा टिकटक स्टार एआरके र सदीक्षा थापा...

पोखरामा देवेन्द्र केसी ‘देवु’ गजल साँझ

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन