fbpx

पोखरा स्पोर्टस् अवार्डलाई सहारा युकेको सहयोग

author

समाचारपाटी

२ years अगाडि

पोखरा । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ । ७ औं पोखरा स्पोर्ट्स अवार्डलाई सहारा युकेले नगद ५० हजार सहयोग गर्ने भएको हो । सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ गुरुङले सहारा युकेले संस्थागत रुपमा सहयोग गर्ने भएको पोखरा स्पोटर््स अवार्ड अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक केशव पाठकलाई बताउनुभएकाे छ ।

“पोखरा स्पोर्ट्स अवार्ड आफैमा गौरव गर्ने कार्यक्रम हो” अध्यक्ष गुरुङले भन्नुभयाे–“विगत तिन वर्ष देखि हामीले निरन्तर सहयोग गर्दै आएका छौं । यो पटक समेत सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।”

यसै गरी स्पोर्ट्स अवार्डलाई विदेशबाट सहयोग आउने क्रम जारी रहेको छ । सहारा क्लव पोखराका मानार्थ सदस्य तथा सहारा युकेका संस्थापक सल्लाहकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङ जनही नगद १०–१० हजार पोखरा स्पोर्ट्स अवार्डका लागि सहयोग गर्ने हुनुभएकाे छ ।

त्यसै गरी पूर्व राष्ट्रिय खेलाडी तथा समाजसेवी रुपक गुरुङले नगद १० हजार, रामबजार सोसाइटि युकेका अध्यक्ष राम गुरुङ, रामबजार निवासी तथा समाजसेवी चिनकाजी गुरुङ तथा पोखरेली मञ्च युकेका सल्लाहकार पोखरा ९ निवासी नरजङ्ग गुरुङले जनही नगद ५–५ हजार सहयोग गर्ने हुनुभएकाे छ ।

पोखरा स्पोर्टस् अवार्ड अन्तर्राष्ट्रिय समन्वय समितिका सह–संयोजक सुदर्शन रञ्जितका अनुसार अवार्डका लागि भलिबलका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक मञ्जु गुरुङले समेत सहयोग गर्ने हुनुभएकाे छ ।

यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने मञ्चका महासचिव राजाराम पौडेलले जनाउनुभयाे ।

वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन् । लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्नेनलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सम्मान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ । यसरी सहयोग गर्नेमा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, सिटिजन फर्निचर ट्रेड लिंक, आभ्या क्लब, परिचय एड्भर्टाइजिङ, नेपाल पर्यटन बोर्ड, टेल्जि नेपाल रहेका छन् ।

नेपाल औषधी व्यसायी संघ कास्की, अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, रुपा गाउँपालिका, मादी गाउँपालिका, केल्मीको नेपालको लागि आधिकारीक बिक्रेता कामारु ट्रेडिङ प्रा.लि., हाम्रो हस्तकला काठमाण्डौं, पब्लिक टेलिभिजन, सरुमा चुलो, भूतपूर्व खेलाडी मञ्च, नेपाल हवाई खेलकुद संस्था, सहारा हङकङ, क्लासिक चुलो, वल्ड लिंक, होटल बाराही, फुडमाण्डु, पोखरा महानगरपालिका वडा नं.३, ४, ९ र १५, पश्चिमाञ्चल सामुदायिक अस्पताल, लगायतले समेत सघाउने तय भैसकेको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाउनुभयाे ।


काठमाडौं

शुक्रबार, चैत्र ७, २०८१

२४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

दार्चुलामा स्ववियु अध्यक्षमा दलित महिला निर्वाचित

स्ववियु चुनाव कहाँ के भयो

मेची बहुमुखी क्याम्पसमा नेविसंघ विजयी

पद्मकन्या क्याम्पसमा मतदान हुँदै

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन