fbpx

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने

author

समाचारपाटी

२ years अगाडि

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान प्रतिवेदन शुक्रबार सार्वजनिक हुने भएको छ । एरोथाईको टोलीले मंसिर ५ देखि ११ गतेसम्म यान्त्रिक परीक्षण उडान (क्यालिब्रेसन) गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले परीक्षण प्रतिवेदन शुक्रबार आउने जानकारी पाएको बताउनुभयाे । प्रतिवेदन आएलगत्तै रुट कायम गरेर व्यावसायिक उडानका लागि विमानस्थल खुला हुने उहाँको भनाइ छ ।

विमानस्थलमा जडान गरिएका नेभिगेसन (सञ्चार उपकरण तथा सर्भिलेन्स जडान)ले काम गरे/नगरेको लगायतका जाँच परीक्षण उडानको क्रममा गरिन्छ । एरोथाईको टोलीले एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग, विमानस्थलमा जडान भएका बत्ती र सञ्चार उपकरणले काम गरे नगरेको लगायतका परीक्षण गरेका थिए ।

प्राधिकरणका प्रवक्ता निरौलाले विमानस्थलमा परीक्षण उडानका लागि नेपाल वायुसेवा निगमलाई पत्राचार गरिएको जानकारी दिनुभयाे । साथै कुवेतको जजिरा एयरवेजले पनि परीक्षण उडानका लागि चासो देखाएको उहाँले बताउनुभयाे ।

विमानस्थल सञ्चालनको तयारी भइरहे पनि ल्यान्डफिल साइट सार्ने र प्याराग्लाइडिङको व्यवस्थापन गर्ने लगायतका काम हुन बाँकी छ ।

यद्यपि पोखरा उड्डयन कार्यालयले आपत्कालीन उद्धार अभ्यास र जनशक्ति व्यवस्थापनको काम सम्पन्न गरिसकेको छ । त्यस्तै रिठ्ठेपानी डाँडा कटानको काम जारी छ भने अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा व्यवस्थापन, इन्धन डिपो निर्माण लगायतका काम हुन बाँकी छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१२.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन