पोखरा १२ लाई प्लास्टिक व्यवस्थित वडा बनाइदै,स्मार्ट बन्दै वडा, मोबाइलबाटै सेवा

author

समाचारपाटी

२ years अगाडि

पोखरा । निःशुल्क एम्बुलेन्स सेवा दिने, विदेशी डाक्टरलाई ल्याएर घरघरै ज्येष्ठ नागरिकको उपचार गर्ने, सुरक्षाका लागि टोल–टोलमा सिसी क्यामरा जडान गर्ने जस्ता काम गरिरहेको पोखरा महानगरपालिकाको वडा नम्बर १२ ले अर्को नयाँ कामको थालनी गरेको छ ।

वडा तहबाटै जनताले स्थानीय सरकारका सेवा पाउँछन् भन्ने महसुस गराउन लागिपरेका सन्तोष बास्तोला नेतृत्वको वडाले अब मोबाइलबाटै सेवा लिन मिल्ने गरी एप सञ्चालनमा ल्याएको छ भने प्लास्टिक व्यवस्थापन र प्रयोगमा नमूना बन्ने गरी ठूलो परियोजना वडामा सुरु गरेको छ ।

वडाका सबै सेवा मोबाइल एपबाटै लिन सक्ने सुविधाको सुरुआत र प्लास्टिकजन्य फोहोर व्यवस्थापनका लागि दातृ निकायसँग मंगलबार एकसाथ सम्झौता भएको छ ।

वडाको सेवालाई पेपरलेस बनाउने गरी जन्मदर्ता, विवाहदर्ता, नाता प्रमाणित लगायत सेवा दिने एपको वडाध्यक्ष सन्तोष र पोखराका मेयर धनराज आचार्यले मंगलबार सार्वजनिक गर्दै काम थालिएको हो । युगअनुसारको सेवा दिने प्रयास वडाले गरेको बास्तोलाको भनाइ छ ।

पोखरा महानगरपालिकाका मेयर आचार्यले पोखरालाई प्रविधिमैत्री बनाउन वडा–वडा तहबाटै काम थालिएको दाबी गर्नुभयाे । सूचना प्रविधिको युगसँगै महानगरको सेवालाई डिजिटलाइज्ड गर्ने योजना अगाडि सारेको उहाँले बताउनुभयाे । वडाले थालेको यो कामप्रति नयाँ पुस्ता उत्साहित देखिएका थिए ।

पोखरा–१२ ले मंगलबार नै प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नमूना प्रस्तुत गर्ने लक्ष्यसहित ८० लाख रुपैयाँको परियोजना थालेको छ । फोहोरमैला व्यवस्थापनमा शून्य प्लास्टिकको योजनालाई विकास र कार्यान्वयन गर्ने गरी पोखरा महानगरपालिका–१२ ले युएनडीपी, सेन्टर फर इनर्जी एन्ड इन्भायरमेन्ट नेपाल, ब्लु वेस्ट टु भ्यालु र ग्रिन रोड वेस्ट म्यानेजमेन्ट प्रालिबीच सम्झौता गरेको हो ।

प्लास्टिकको प्रयोगमै न्यूनीकरण गर्नेदेखि, पुनप्रयोग, प्लास्टिकलाई वातावरणमैत्री वैकल्पिक विकासमा लगाउने, स्थानीय सामग्रीको प्रयोगमा सचेतना जगाउने लगायत काम परियोजनामार्फत गर्ने सम्झौतामा छ ।

प्लास्टिकमुक्त घोषणा भए पनि कार्यान्वयन हुन नसकेको पोखरामा वडा तहले पनि प्लास्टिक पिच निर्माण गर्नेदेखि पुनप्रयोग र व्यवस्थापनमा नयाँ सन्देश दिन लागिपरेको छ । प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा पोखराका मेयर धनराज आचार्य, वडाध्यक्ष सन्तोष बास्तोला र युएनडिपीको जिइएफ एसजिपी परियोजनाका देशीय संयोजक विवकेधर शर्मा लगायतले हस्ताक्षर गर्नुभएकाे छ ।

तत्काल परियोजनाले वडामा प्रयोग हुने प्लास्टिक र त्यसको व्यवस्थापनबारे अध्ययन गर्ने छ । यो परियोजनाले वडाभरका पसल, सामान बिक्री केन्द्रमा वातावरणमैत्री कपडाका झोलाको अनिवार्य प्रयोग सम्बन्धी नीति बनाएर कार्यान्वयनमा ल्याउने वडाको भनाइ छ ।

यो परियोजनाले मोबाइल खानेपानीको अवधारणा विकास गर्दै नयाँ बोटल किन्न कम गराउने लक्ष्य लिएको छ । पानी भर्दै खान मिल्ने गरी खानेपानीका धारा ठाउँ–ठाउँमा राख्ने र बोटल कम प्रयोग गर्न सचेतना अपनाउने बास्तोलाको योजना छ ।

onlinekhabar


काठमाडौं

मङ्लबार, जेष्ठ ७, २०८२

१८.६६°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

अदालतले पनि कार्यपालिकाकै प्रवृत्तिमा न्याय सम्पदान गर्न थाल्योः सांसद...

साँठगाँठे पुँजीवादले अर्थतन्त्र ध्वस्त बनायोः काँग्रेस उपसभापति धनराज गुरुङ

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चलचित्र ‘के घर के डेरा : घर नं २’:...

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन