नेपाली काङ्ग्रेसका सहमहामन्त्री तथा सासद् जीवन परियारले पोखरा महानगर क्षेत्रको विकास निर्माणमा चासो व्यक्त गर्नुभएकाे छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आए सँगै पोखरा क्षेत्रको पर्यटकिय क्षेत्र अव वन्न सक्नेमा उहाँले जोड दिनुभएकाे छ ।
पोखरा महानगरका मेयर धनराज आचार्यलाई भेटेर पोखरा र लेखनाथ क्षेत्रलाई नै एकिकृत विकासको योजनामा लैजानु पर्नेमा सासद् परियारले जानकारी राख्नुभएकाे छ । उहाँले तालचोक वेगनासताल बाटो, साविक लेखनाथमा रहेका ७ वटै तालहरुको मापदण्ड, वेगनासतालदेखी तालवेसी जाने वाटो, फोहोर मैला व्यवस्थापन वडा नं १३ र २८ जोड्ने पुल, विजयपुर पुल लगाएतका योजनाहरु छिटो वन्न सकेमा जनतालाई राहत मिल्ने सासद् परियाले बताउनुभयाे । पोखरा महानगर भित्रै १० जना वढी वडा अध्यक्षहरुले आफुहरुको कार्यकाल शुरु भएको करिब ६ महिना मात्र भएको र विकासका योजनाहरु दुर्त गतीमा अगाडी बढेकोमा जोड दिनुभएकाे थियाे ।
पोखरा ३१ का वडा अध्यक्ष ढकनाथ कडेंलले वेगनासतालको मापदण्ड सकेसम्म कम भन्दा कम हुनपर्नेमा जोड दिनुभयाे । उहाँले तालमा नै आएर खुट्टा चोवेर आनन्द दिन पर्यटकले खोजेको हुँदा त्यस अनुशार साहसिक खेल अव तालमा राख्नुपर्ने बताउनुभयाे ।
सोही कार्यक्रममा मेयर आचार्यले सासद्ले विकास निर्माणमा चासो दिएकोमा धन्यवाद दिँदै सधै सहकार्य गरेर अगाडी बढिने प्रतिवद्धता समेत व्यक्त गर्नुभएकाे छ । सोहि कार्यक्रममा नेपाली काङ्ग्रेस कास्कीका सभापति किशोर दत्त बराल, सचिव भानु ढकाल, देवेन्द्र रानाभाट काङ्ग्रेस नेता मिलन तिवारी लगाएतको उपस्थिति रहेको थियो ।