पोखरा । पोखरा ७ माछापुच्छ्रे टोलस्थित पोखरा लनर्स एकेडेमीको १७ औं स्पोर्ट मिट सुरु भएको छ । विद्यालय सञ्चालक समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा सुरु भएको वार्षिक कार्यक्रमको उद्घाटन गर्दै सशस्त्र प्रहरी बल २४ नं कालिका गण मालेपाटनका गणपति धनबहादुर बानियाले खेलले जीवनलाई सत्मार्गमा डोर्याउने बताउनुभएकाे थियाे । अनुशासनको पहिलो पाठ खेलकुदबाट सुरु हुने बताएका बानियाले अभिभावक प्रति गहिरो आलोचना गर्नुभएकाे थियाे । उहाँले मोबाईल र टिभी देखाएर बच्चा भुलाउने वाहनामा घरैबाट अनुशासनको पाटो हराएकामा चिन्ता व्यक्त गर्नुभएकाे थियाे ।

पोखरा लनर्स एकेडेमीका विद्यार्थीले देखाएको मार्च पास प्रति खुसी हुँदै विद्यार्थीको गहनालाई जोगाउन विद्यालय परिवारसँग आग्रह गर्नुभयाे । २०१७ सालदेखि नेपाली सेनाले सुरु गरेको मार्च पास विद्यालयले गराउँदा राष्ट्रिय भावनामा सकारात्मक सन्देश जाने बताएका गणपति बानियाले सशस्त्र प्रहरीले डिज्यास्टर क्षेत्रमा गर्दै आएको काम सिकाउन आफू तयार रहेको बताउनुभयाे । खेलकुद प्रतियोगिताले शारीरिक र मानसिक अवस्थालाई सन्तुलित राख्ने बताउनुभका बानियाले टिमस्पिड, युनिट एकता, आपसी भाइचारा र अनुशासनलाई केन्द्रमा राख्ने भएकाले लगनशील भएर नियमित अभ्यास गर्न विद्यार्थीलाई आग्रह गर्नुभएकाे थियाे ।

विद्यार्थी प्रकृति सुवेदीले सञ्चालन गरेको सभामा प्याब्सान गण्डकी प्रदेशका अध्यक्ष दिनेशकुमार श्रेष्ठ, प्याब्सान कास्कीका अध्यक्ष मथुरा पौडेल, प्याब्सान कास्कीका सचिव एवं विद्यालयका संस्थापक प्राचार्य पुष्प पराजुली, पोखरा लनर्स एकेडेमीका प्रिन्सिपल विधान गौतम, शिक्षक आदर्श घिमिरे र कमला गुरुङ लगायतले बोलेको विद्यालयका भाइस प्रिन्सिपल उष्णा गौतमले जानकारी दिनुभयाे । स्पोर्ट मिट सुरु सभामा विद्यार्थीले मार्च पास, नृत्य तथा हास्यप्रहशन लगायतका कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालय सरसफाई, अभिभावकको स्वागत, समुहगत विद्यार्थीको प्रस्तुतिमा सहयोग लगायतमा विद्यार्थीको उल्लेख्य सहभागिता रहेको थियो ।