fbpx

साढे दुई महिनापछि पोखरा-जोमसोम हवाइ सेवा सञ्चालनमा

author

समाचारपाटी

१ year अगाडि

जोमसोम । मुस्ताङमा साढे दुई महिनापछि हवाइ सेवा सञ्चालनमा आएको छ। प्रतिकुल मौसमका साथै पर्यटकीय अफसिजनका कारण रोकिएको पोखरा-जोमसोम हवाइ सेवा शुक्रबारदेखि सञ्चालनमा आएको हो।

हिउँदयामको मौसमसँगै पर्यटक अफसिजनका कारण तारा एअरलाईन्सले मंसिर १० गते र सुमित एअरलाईन्सले मंसिर २० गतेदेखि पोखरा-जोमसोम हवाइ सेवा उडान बन्द गरेका थिए।

उडान बन्द भएको साढे २ महिनापछि पोखरा-जोमसोम हवाइ सेवा सञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिनुभयाे। उहाँका अनुसार हिउँदपछि गर्मी सुरु भएकाले शुक्रबार सुमित एअरलाईन्सले पोखरा-जोमसोमका लागि २ वटा उडान भरेको हो। हवाइ मार्ग हुँदै आउने सबै भारतीय पर्यटक रहेका उहाँले बताउनुभयाे।

पोखरा-जोमसोमका लागि सुमित एअरलाइन्सको जहाजले उडान सञ्चालनमा ल्याएपछि तारा एअरलाइन्सले उडान कहिलेदेखि सुरु गर्ने भन्ने तय भइनसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख शाहले उल्लेख गर्नुभयाे। मुस्ताङमा पोखरा - जोमसोम हवाइ सेवा सञ्चालना आएसँगै जोमसोम विमानस्थलको पर्यटकीय चहल- पहल बढेको छ। अनुकुल मौसम सुरु भएसँगै सदरमुकाम जोमसोम भारतीय तथा आन्तरिक पर्यटकको आगमन बढेको छ। धेरै भारतीय पर्यटक सडकमार्ग हुँदै मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन्। गतवर्ष हवाइ तथा सडकमार्ग हुँदै करिव ९० हजार पर्यटक मुस्ताङ आएका थिए।

यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले जोमसोम विमानस्थलको सरसफाई तथा धावनमार्गमा उम्रिएका घाँसबिरुवा पन्छ्याउने काम गरिएको थियो।

annapurnapost


काठमाडौं

मङ्लबार, चैत्र ११, २०८१

१५.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

संविधानप्रति पूर्ण प्रतिवद्ध छौँः नेपाली काँग्रेस

आजबाट प्रेस चौतारीको महाधिवेशन, महाधिवेशनको उद्घाटन शंखर पोखरेलले गर्ने

देश असफलताको दिशामा अग्रसर छ, खबरदारी गरौँः राजेन्द्र लिङदेन

सत्ताको बागडोर सम्हाल्नेको कुकृत्यका कारण लोकतान्त्रिक गणतन्त्र धरापमाः झलनाथ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

साहित्यकार केसीको ‘हिउँफुल’ सार्वजनिक

काठमाडौं I साहित्यकार उषा  केसीको उपन्यास  हिउँफुल सार्वजनिक भएको छ। शनिबार  काठमाडौँको अनामनगरस्थित डालो रेष्टुरेण्टमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रमुख...

विचार

डा.सन्दुक रूइत : ‘गड अफ लाइट’ 

नेपाली गौरव डा. सन्दुक रूइतले आँखाको मोतिबिन्दु उपचारमा विकसित गरेको सस्तो र सरल प्रविधि “रुइतेक्टोमी” ले विश्वभर लाखौंको दृष्टि फर्काएका...

विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

चितवनमा ‘गजलसँग’ को १०औँ शृङ्खला हुने

लिटिल मिस्टर एण्ड मिस पोखराको दर्ता खुल्ला

वालिङमा ‘व्याक टु नाइन्टिज’को सेकेण्ड एडिसन : दर्शकको अभूतपूर्व...

पोखरामा ‘द्रौपदी’ टोलीसँग पत्रकारको भेट, फिल्म चल्नेमा निर्माण पक्ष...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन