fbpx

नेपालको जेठो म्याराथन पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई अन्तर्राष्ट्रिय मान्यता,पायो एम्सको सदस्यता

author

समाचारपाटी

२ years अगाडि

पोखरा । नेपालकै जेठो म्याराथन–‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । विश्वभरका दौडहरु ‘वर्ल्ड रनिङ’को छाता संगठन एसोसियन अफ म्याराथन एण्ड डिस्टेन्स रेसेस (एम्स)को सदस्यता प्राप्ती संगै यसले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले १६ औं संस्करण पार गरिसकेको छ भने आगामी फागुन ६ गते १७ औं सस्करणको तयारीमा जुटिसेको छ ।

हालै मात्रै पोखरा अन्तर्राष्ट्रिय म्याराथनको दौड रुटले मान्यता पाएको थियो भने लगतै एम्सको समेत सदस्य प्राप्त गर्न सफल भएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभएकाे छ । “यो हाम्रो लागि निकै गर्वको विषय हो । नेपालको जेठो म्याराथनको रुपमा स्थापित पोखरा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता पाउनु पोखरेली खेलप्रेमीहरुको लागि गौरवको विषय हो ।”

अध्यक्ष पराजुलीले पोखरा म्याराथनलाई यहाँ सम्म ल्याइ पुर्याउन सहयोग गर्न देश तथा विदेशमा रहेका मञ्चका २४० भन्दा वढि आजिवन सदस्यहरु, कार्यसमितिका सदस्य, पदाधिकारी र सल्लाहाकारहरु संगै सहयोगी मनहरु प्रति आभार व्यक्त गर्नुभएकाे छ । उहाँले भन्नुभयाे–“यो सदस्यता प्राप्त गर्नुमा सबैको उत्तिकै सहयोग र साथ छ । गण्डकी प्रदेश सरकार, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र आम पोखरेलीहरु संग यो खुसीलाई सामुहिक रुपमा हामी बाँड्न चाहन्छौं ।”

सदस्यता प्राप्त गरे संगै एम्सका अध्यक्ष पाको बोराओले मञ्चलाई बधाई दिंदै म्याराथनको अन्तर्राष्ट्रिय यात्रामा संग–संगै हिड्न पाउँदा खुसी लागेको बताउनुभएकाे छ ।


काठमाडौं

शुक्रबार, अशोज १८, २०८१

२३.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

बाढीपीडितका लागि चिनियाँ रेडक्रसले दियो एक लाख अमेरिकी डलर

एउटा ठूलो पार्टी प्रतिपक्षमा बस्नुपर्छः सभापति लामिछाने

सहकारी ठगीमा ढोरपाटनका मेयर देवकुमार नेपालीलाई थुनामा पठाउन आदेश

प्रधानमन्त्रीले स्वीकारे बाढीपीडितको उद्धारमा सरकारको कमजोरी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

दशैतिहार गित आँशुका धारा बजारमा प्रभाको शसक्त अभिनय

पोखरामा नाटक जानकी मञ्चन हुँदै

चलचित्र ज्वाईं सावको ‘कसम बत्तीको’ बोलको गीत सार्वजनिक

लोकप्रिय गायक धिरज राईले काठमाडौंका दर्शकन चाउँने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन