fbpx

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पोखराका व्यवसायीद्वारा चीन सरकारसँग आग्रह

author

समाचारपाटी

१ year अगाडि

पोखरा । गएको पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन  सरकारसँग आग्रह गरेका छन् । पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं पुगेको व्यवसायीको एक टोलीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई भेटी पहिलो चरणमा कम्तिमा चीन–पोखरा बिच चार्टड उडान भए पनि संचालन गर्न आग्रह गरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयाे ।

चिनिया लगानीमा बनेको ठूलो योजना संचालन गर्न चीनसँग नै आग्रह गरिएको बताउँदै अध्यक्ष सुवेदीले परिषद्को आग्रहप्रति राजदूत सोङ सकारात्मक रहेको जानकारी दिनुभयाे । पोखरामा सडक महोत्सव, खाना महोत्सव लगायतका गतिविधि बढाउन राजदूतले सुझाव दिएको सुाउँदै उहाँले यस्ता गतिविधिले उडान संचालन गर्न सहयोग पुग्ने भनाई राखेको जानकारी दिनुभयाे ।

टोलीले परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, रेवान पोखराका अध्यक्ष नरेशवहादुर भट्टराई, ओभरसिज चाइनिज एशोसिएशनका अध्यक्ष तथा प्रतिनिधि र पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिम्सिना लगायत पनि सहभागी रहेको जनाइएको छ । सोही अवसरमा टोलीले मुस्ताङ स्थित कोरला नाका खोल्न पनि चीनसँग आग्रह गरेको थियो ।

आगामी जुनमा फेवातालमा संचालन हुने बोट रेस प्रतियोगिता र खाना महोत्सवका लागि चीन सरकारले सघाउन लागेको पनि जनाइएको छ । चीनका तर्फबाट आठ वटा ड्रागन बोट पोखरा महानगरलाई प्रदान गरिने र ती डुंगामा नेपालका सातै प्रदेश र चीनबाट समेत प्रतिनिधित्व हुने गरी प्रतियोगिता संचालन हुने संघका अध्यक्ष सुवेदीले जानकारी दिनुभयाे।


काठमाडौं

मङ्लबार, असार १२, २०८१

२५.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

बजेट सन्तुलित, समन्यायिक र नतिजामूलक छ : प्रधानमन्त्री

प्रधानमन्त्रीलाई काँग्रेस सांसदको प्रश्न : सत्ता ठूलो की मुलुक...

‘काँग्रेस भित्रको फोहोर सफा गर्न आवश्यक छ’

‘सरकारी अस्पतालमा लामो समय कुर्नुपर्ने अवस्था हटाउन उच्चस्तरीय टोली...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

अन्तरजातीय विवाहको कथामा फिल्म ‘ईश्वर’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

गीतकार प्रमिला बस्नेतको हिन्दी गीत ‘बहुरानी’ सार्वजनिक

नेपाली चलचित्र ‘दान्भी’ को ट्रेलर सार्वजनिक

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन