fbpx

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्ध एयरको आन्तरिक उडान

author

समाचारपाटी

१ year अगाडि

काठमाडौं । बुद्ध एयरको सबै उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु हुने भएको छ। अंग्रेजी वर्ष २०२३ को १ जनवरी अर्थात् पुस १७ गतेदेखि उक्त उडान सञ्चालनमा आउन लागेको हो।

बुद्ध एयर पोखराबाट काठमाडौंलगायत हरेक गन्तव्यलाई क्रमशः जोड्दै लाने विज्ञप्तिमार्फत जनाएको छ। नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान पनि गर्नेछ।

नयाँ विमानस्थल भौतिक पूर्वाधारले निकै राम्रो रहेको बताइएको छ। यस विमानस्थलमा आईएफआर प्रविधि पनि जडान गरिएको छ। अब कम भिजिविलिटीमा पनि उडान भर्न सकिने बताइएको छ। ‘सबै उडान भर्न पूरा तयारी गरेको छ। यस विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन पुर्‍याउन र्‍याम्प बस राखेको छ।

यात्रुजहाज र टर्मिनल भवन आउजाउ गर्न र्‍याम्प बसको प्रयोग गर्नुपर्ने हुन्छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका लागि चेक–इन् काउन्टर नं ३, ४ र ५ तोकिएको छ,’ कम्पनीले जानकारी दिएको छ। नयाँ विमानस्थलमा अभ्यस्त हुन केही समय लाग्ने हुँदा पोखराबाट यात्रा गर्ने यात्रु टिकटमा उल्लेख गरिएको समयभन्दा दुई घण्टाअगावै विमानस्थल पुगी चेक–इन् गर्न बुद्ध एयरले विशेष आग्रह गरेको छ।

अन्तर्राष्ट्रियतर्फ अनुमति पाएलगत्तै बुद्ध एयर पोखराबाट भारतको वाराणसी पनि उडान भर्नेछ। बुद्ध एयरसँग ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ जहाज छ। निकट भविष्यमै बुद्ध एयरले थप तीन वटा एटीआर–७२ भित्र्याउन लागेको छ।

annapurnapost


काठमाडौं

बिहिबार, जेष्ठ १७, २०८१

२२.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

गृहमन्त्रीलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेकोमा विरोध गर्दै प्रधानमन्त्रीलाई सम्पादकहरूको...

गृहमन्त्रीमाथि कारबाहीको माग गर्दै धनराजले दिए सभामुखलाई निवेदन

संसद्‍मा कसैलाई धम्की दिएको छैन, गिरीबन्धु प्रकरण छानबिन हुन्छ...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

नेपाली चलचित्र ‘पुजार सार्की’को प्रिमियर शो

कालोकालो कपालमा खैरो..’मा प्रियंका रगम्भिरको रोमान्स

चलचित्र गाउँ आएको बाटो जेठ २५ गतेबाट प्रदर्शन हुने

अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन