fbpx

अन्नपूर्ण संरक्षणकर्मी चिन्त बहादुर गुरुङलाई ब्रेज मेश्रों अवार्ड प्रदान

author

समाचारपाटी

२ years अगाडि

पोखरा घान्द्रुक समाज हङकङले अन्नपूर्ण संरक्षणकर्मी चिन्त बहादुर गुरुङलाई छैठौंं ब्रेज मेश्रों अवार्ड प्रदान गरेको छ ।
घान्द्रुक ( कोंड) क्होइबों धिं निर्माण सहयोगार्थ रकम हस्तान्तरणको अवसरमा अन्नपूर्ण संरक्षणकर्मी गुरुङलाई नगद रु २६ हजार ५ सयसहित छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको हो ।

७२ वर्षीय गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्रमा ४२ वर्ष गरेको सेवाको मूल्याकङ्कन गर्दै छैठौं ब्रेज मेश्रों अवार्डबाट सम्मान गरेको घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङले बताउनुभयाे । उहाँका अनुसार यस अघि राजबहादुर गुरुङ, कृष्णप्रसाद पौडेल, भक्तबहादुर गुरुङ, धनमाया गुरुङ र ललित गुरुङलाई सम्मान अर्पण गरिसकेको छ ।

सो कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका अन्नपूर्ण गाउँपालिका १० का वडाध्यक्ष गौतम गुरुङले सरकारले विकासको लागि छुट्याएको बजेट दुरुपयोग नगर्ने बताउनुभयाे । ‘सामाजिक विकासबाट सरकारबाट विनियोजित रकम दुरुपयोग भएको सुन्न सकिन्छ’ उहाँले भन्नुभयाे, ‘ घान्द्रुकको विकासका लागि सरकार तथा विभिन्न संस्थाहरुले गरेको आर्थिक सहयोग दुरुपयोग गर्ने छैनौं । विकासका लागि आएको बजेटको सदुपयोग गर्न उपभोक्ता समिति गठनको तयारीमा छौं ।’

सामाजिक विकासको लागि विभिन्न क्षेत्रमा आवद्ध रहेका समुदायले आर्थिक र भौतिक रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका थिए । क्होइबों धिं निर्माणार्थ १० लाख ६० हजार सहयोग सो कार्यक्रमको अवसरमा घान्द्रुकमा निर्माण हुन लागेको ( कोंड) क्होइबों धिं निर्माण घान्द्रुक समाज हङकङले आर्थिक सहयोग गरेको छ ।

समाजले आज (मंगलबार) घान्द्रुक ( कोंड) क्होइबों धिं निर्माणका आर्थिक संयोजक रुप गुरुङलाई १० लाख ६० हजारको हस्तारण गरेको हो । आर्थिक हस्तातरणपछि बोल्दै संयोजक गुरुङले सामाजिक सेवामा आर्थिक, नैतिक र भौतिक रुपमा गरिने सहयोगले समाजको माया बढेर जाने बताउनुभयाे । ‘विभिन्न देशविदेशमा घान्द्रुकका समुदायहरु बसोबास गर्दै आएका छन्, उहाँले भन्नुभयाे,‘सामाजिक उत्तरदायित्व वहन गर्न समाजमा सहयोग अनिवार्य छ । समाजमा आर्थिक,नैतिक र भौतिक सहयोगले समाजको माया अझै बढेर जान्छ ।’घान्द्रुकमा स्थापना गर्न लागेको घान्द्रुक ( कोंड) क्होइबों धिं निर्माणमा गर्न ढिलाई भएको भन्दै गुरुङ फागुनमा शिलन्यास गरेर निरन्तर काम अगाडी बढाउने उद्घोष गर्नुभयाे ।

‘चाँडै नै बनाउने तयारी हो तर नेपाल मात्र नभएर विश्व नै कोभिड महामारिले काम गर्न सकिएन अब फागुनबाट निर्माणको तयारी गछौं’ उहाँले भन्नुभयाे । कार्यक्रममा घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङ, बौद्ध अर्घौँ
सदन रामघाटका अध्यक्ष भुवन गुरुङ, तमु प्हेलु संघका अध्यक्ष हितकाजी गुरुङ,क्होइवों धि निर्माण समितिका अध्यक्ष प्रेम गुरुङ लगायतले बोलेका थिए ।

कार्यक्रम घान्द्रुक समाज हङकङका निवर्तमान अध्यक्ष चन्द्र गुरुङको सभापतित्वमा सम्मन्न कार्यक्रममा कोषाध्यक्ष प्रेम गुरुङले सहयोग आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लामा अमृत फाउण्डेशन घान्द्रकका संस्थापक अमृत गुरुङले
सञ्चालन गरेका थिए ।


काठमाडौं

मङ्लबार, माघ २९, २०८१

८.१५°

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

सामाजिक सञ्जाल विधेयक राष्ट्रिय सभाबाट पारित

निर्वाचन अगाडि गठबन्धन गरौं भन्ने व्यक्ति कांग्रेसमा रहँदैन :...

एमाले नेतृत्वमा ओली रहुन्जेल वामपन्थी एकता सम्भव छैनः अध्यक्ष...

नागरिकलाई सहज सेवा दिन थप सुधारका उपायहरु अवलम्वन गर्न...

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर