fbpx

एघारौ पोखरा महोत्सवबाट सेती नदी एक साहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी संगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लवले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्ने भएको छ । महोत्सवकै आयोजना गरी प्रति टिकटबाट एक रुपैयाँ छुट्याउदै आएको युनाईटेड क्लवले अगामी पुष २७ देखी माघ ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं पोखरा महोत्सवबाट बचत भएको रकम मध्ये केही रकम सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागि छ्ट्याइने भएको हो ।

बिहीबार सम्पन्न एघारौं पोखरा महोत्सवको सल्लाहकार तथा महोत्सव उपसमिति संयोजकहरुको बैठकले एघारौं पोखरा महोत्सवबाट सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणका लागी युनाईटेड क्लवले पहलकदमी थाल्ने निर्णय गरेको हो । स्थापना कालदेखीनै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी थाल्दै आएको क्लवले दशौ पोखरा महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार २ सय तीस रुपैया हस्तान्तरण गरिसकेको र चिडियाखाना निर्माणको सम्पूर्ण जिम्मेवारी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ ।

हाल आएर चिडियाखाना राष्ट्रिय गौरवको योजना अन्तर्गत रही यसको निर्माणको जिम्मा गण्डकी प्रदेश सरकार मातहतमा रही जिल्ला डिभिजन बन कार्यालय कास्कीले लिइसकेकाले क्लवले चिडियाखाना निर्माण पहलकदमीको एजेण्डालाई आगामी दिनमा सेती नदी एक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी थाल्न लागेको क्लवका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभएकाे थियाे । त्यसैगरी क्लवले एघारौ पोखरा महोत्सवबाट क्लवको जग्गा भएको स्थान पोखरा महानगरपालिका वडा नम्बर २६ अर्चलेमा रहेको जग्गामा भौतिक निर्माणका लागि समेत रकम छुट्याइने अध्यक्ष श्रेष्ठले वताउनुभयाे । यसवाहेक क्लवले गर्दै आइरहेको सामाजिक क्षेत्रका कामहरु शिक्षा, स्वास्थ्य, खेलकुदमा समेत रकम छुट्याइ काम गरिने भएको छ ।

एघारौ पोखरा महोत्सवमा ४० देखी ५० वटा स्टल निशुल्क रुपमा प्रदान गरिने भएको छ । जुन गैर नाफामुलक संस्थाहरु, पर्यटन सम्बन्धी स्टल, होम स्टेको प्रचार प्रसारका स्टल, सचेतनामुलक स्टलहरु निशुल्क उपलब्ध गराइने प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे । महोत्सवमा २ सय ५८ स्टल रहने छन । त्यसैगरी महोत्सवमा साधारणका लागि ८० रुपैयाँ र विद्यार्थीका लागी ६० रुपैया टिकट दर कायम गर्ने निर्णय संगै जेष्ठ नागरिक, एकल महिला, अपांग, सुरक्षाकर्मी, पत्रकार र विदेशी पर्यटकलाई निशुल्क प्रवेशको ब्यवस्था मिलाईएको समेत प्रचार प्रसार संयोजक सुनारले जानकारी दिनुभएकाे थियाे । महोत्सवमा ख्याति प्राप्त लोकदोहोरी गायक गायिका संगै ख्यातिप्राप्त ब्याण्डहरु, नेपाली संसकृति झल्कने झांकी तथा नृत्यहरुको समेत प्रस्तुती रहने छन ।

सो कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेको कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेल, निवर्तमान अध्यक्ष लालकाजी गुरुङ, पूर्व अध्यक्ष सुक बहादुर गुरुङ, सल्लाहकारहरु तीर्थलाल श्रेष्ठ, भरत केसि, तेज बहादुर गुरुङ, मेजर हितमान गुरुङ, दीपक थापा, लिलाधर अधिकारी, रमेश बहादुर काकी, पवित्रा देवी गुरुङ, महोत्सव हस्तकला उपसमिति संयोजक सविता श्रेष्ठ रञ्जित लगायतले महोत्सवलाई भब्य सभ्य रुपमा सम्पन्न गर्नका लागि सवैले आ आफ्नो ठाउबाट लाग्नुपर्ने बताउनुभयाे ।


काठमाडौं

शुक्रबार, माघ २५, २०८१

२२.१५°

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री राणाको पहल

कांग्रेस संसदीय दलको बैठक जारी

संसद्को आजको बैठकमा सबै अध्यादेश निर्णयार्थ पेश हुने

चितवनमा रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरियो

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ देखि

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभ मुहूर्त

एलिना चौहानद्धारा सम्बन्धविच्छेदको मुद्दा दायर