पोखरा महोत्सव लोकनृत्य प्रतियोगिता लाई विवस ईलेक्ट्रिक्स प्रालिले सहयोग गर्ने

author

समाचारपाटी

२ years अगाडि

पोखरा । एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ । युनाईटेड क्लवको आयोजनामा आगामी पुषको २७ देखि माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने एघारौं संस्करणको पोखरा महोत्सवमा आयोजना हुने विद्यालय स्तरिय लोकनृत्य प्रतियोगितामा मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्ने भएको हो ।

हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष तथा एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापा र वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापा बीच सहमति पत्रमा हस्ताक्षर गरी एक अर्का बीच सहकार्य गर्ने भएको हो ।

सो अवसरमा वोल्दै वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिका प्रोप्राइटर चन्द्र बहादुर थापाले पोखरा महोत्सवले समाजिक काम संगै महोत्सवमा लोकनृत्य प्रतियोगिता गरी लोकनृत्य संरक्षणका लागि महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकाले आफुहरुको संस्थाले समेत सहकार्य गर्न पाउँदा निकै खुसी लागेको बताउनुभयाे । स्थापना कालदेखी युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको र त्यस कार्यलाई आफुले समेत सहकार्य गर्दै आइरहेको सन्दर्भमा आफ्नो ब्यवसायिक संस्थाले समेत सहकार्य गर्न पाउँदा आफु गर्वान्वित भएको थापाको भनाइ रहेको थियो ।

सो अवसरमा वोल्दै युनाईटेड क्लवका वरिष्ठ उपाध्यक्ष एवं एघारौं पोखरा महोत्सव कलाकार ब्यवस्थापन उपसमिति संयोजक लोक बहादुर थापाले युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम संगै लोक संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता गरिदै आएको र उक्त प्रतियोगितामा वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालि संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउनुभयाे ।

नृत्य प्रतियोगितामा प्रथम हुने टीमले नगद ४० हजार, शिल्ड र प्रमाणपत्र, द्धितियले नगद २५ हजार, शिल्ड र प्रमाणपत्र, तृतियले नगद १५ हजार, शिल्ड र प्रमाणवत्र र सान्तवना स्थान हासिल गर्नेलाई नगद ७ हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।


काठमाडौं

शनिबार, जेष्ठ ४, २०८२

१८.४७°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कोटिहोम महायज्ञ पोखरा

https://www.facebook.com/

राजनीतिक समाचार

थप देखाउनुहोस्

लोकतन्त्र र व्यवस्था विरोधी गलत सामग्री रोक्न दूरसञ्चार सेवा...

सरकारले वातावरण बनाइदिए दश वर्षमा मुलुकको कायापलट हुन्छः उमेश...

सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम...

संक्रमणकालीन न्याय छिटो टुंग्याउनुपर्नेमा काँग्रेसको जोड

विचार/विविधा

थप देखाउनुहोस्
विचार

कविता :सब ठीक छ

सब ठीक छ, अझै पनि घाम पूर्वैबाट उदाउँछ, अझै पनि चन्द्रमा रातभरि मुस्काइरहन्छ, अझै पनि बाटो उस्तै उकालो छ, र...

विचार

कविता : एक भारी गर्हुङ्गो जिन्दगी

पोहोर पनि यसै भनेको थिएजब पुरानो सालसँग युद्द गरेर फर्कदै थियो नयाँ वर्षभनेको थिए वर्षौदेखी मेरा प्रगति पर्खिरहेका आखाँमाएक चिम्टी...

विचार

‎नेपाल: सबै जातजातिको साझा फूलबारी हो?

‎‎हिन्दुराज्य देखि धर्मनिरपेक्षतासम्म: नेपालमा लामो समयसम्म इतिहासमा एउटै सम्प्रदायको वर्चस्व रहँदै आयो।पृथ्वीनारायण शाहको समय देखि नै हिन्दु धर्मकै आधारमा राज्य...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

पुर्खाको थलो : जेठ ३ गते पोखरामा प्रदर्शन, हङकङ,...

गुणस्तरीय संगीतको समृद्ध विरासत निर्माण गर्ने उद्देश्यले स्थापना भएकाे...

चलचित्र ‘उनको स्विटर’को प्रिमियरः नेता र कलाकार भन्छन्‘हेर्न नछुटाउनुस्’

‘नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव स्कटल्याण्ड’का लागि चलचित्र आव्हान

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन