fbpx

पोखरा महोत्सवमा दर्शकको भीड, महोत्सवको दशौं दिन सम्म ७ करोडको कारोबार

author

समाचारपाटी

२ years अगाडि

पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा १ लाख ७० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छन भने ७ करोड बरावरको कारोवार भएको छ । महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका सामाग्री किनमेल गर्नेको समेत घुइचो बढेको हो । स्टलमा राखिएका विशेष गरी जाडो यामका लत्ता कपडा संगै घरायसी सामाग्रीहरु किनमेल गर्नेहरुको घुइचो बढेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।

महोत्सवको दशौं दिन चर्चित दोहोरी गायक आलिफ खानको एकल र दोहोरी मार्फत दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिएभने खान संगै जीवन दाहाल, शिवहरी ढुंगाना, रेशम निर्दोश, ज्योती लोहोनी, कमला गैरे, चिना थापा लगायतको प्रस्तुती मार्फत दर्शकहरुले मनोरन्जन लिएका थिए ।

त्यसैगरी महोत्सवमा हास्य प्रहसन तर्फ राजेन्द्र गिरी जादुगर गुन्द्रुके र मुना गिरीको प्रहसन र २३ इन्चका मनोज गोर्खालीको नृत्यले दर्शकहरुको मन जित्न सफल भएको थियोभने सांझको लाइभ कन्सर्टमा अनुप्रस्थाको प्रस्तुुती मार्फत युवाहरुले भरपुर मनोरन्जन लिएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।

महोत्सवमा शनिवार लोकदोहोरी तर्फ चर्चित लोकदोहोरी गायक रामजी खाँड, जीवन दाहाल, शिवहरी ढुंगाना, कृष्ण अखेली, सुदीप क्षेत्री, घनश्याम रिजाल, सुमन खड्का, सविना गुरुङ, माया केसी, पुजा गुरुङको प्रस्तुती रहनेछ भने कार्यक्रमको सञ्चालन नेत्रपाणी बास्तोलाले गर्नुहुनेछ । त्यसैगरी महोत्सवमा शनिवार पुरुषोत्तम भण्डारी (पुर्खे बा) को हास्य ब्यंग्य प्रहसन र सांझको लाइभ ब्याण्डमा भिटेनको प्रस्तुती रहने छ ।


काठमाडौं

सोमवार, फाल्गुन ५, २०८१

१४.१५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

सुमना श्रेष्ठले कलिंगा घटनाबारे प्रतिनिधिसभा बैठकमा बोल्न पाउनुभएन

खोटाङका सांसदद्धारा सरकारसँग दमकल माग

भारतमा नेपाली विद्यार्थीको मृत्युबारे कूटनीतिक तवरले बुझिरहेको छु :...

सरकारले उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँने

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताको ८ औं संस्करण फागुन...

प्रकाश सपुत निर्देशित फिल्म ‘वसन्त’को टिजर सार्वजनिक

रिलिज भएको डेढघण्टामै बालेनको गीत युट्युव ट्रेन्डिङमा

भ्यालेन्टाइन सप्ताह आजबाट सुरु, पहिलो दिन रोज डे

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन