एघारौं संस्करणको पोखरा महोत्सव सुरु

author

समाचारपाटी

४ हप्ता अगाडि

पोखरा । बुधवारदेखी पोखराको अमरसिंह चौरमा एघारौं संस्करणको पोखरा महोत्सव सुरु भएको छ । युनाइटेड क्लवको आयोजनामा शुरु भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएकाे हाे । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुग्ने बताउनुभयाे । मुलुक कोरोना कहरका कारण आर्थिक चलायमानमा गतिशिल लिन नसकिरहदा पोखरा र आसपासमा आयोजना हुने महोत्सवहरुले आर्थिक चलायमानमा सहयोग पुग्ने उहाँको भनाइ रहेको थियो ।

युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा समेत अग्रणी स्थानमा रहेको बताउँदै मेला महोत्सवमा हुने ब्यापारिक स्टलहरुमा स्वदेशी उत्पादनलाई जोड दिन समेत आग्रह गर्नुभयाे । युवाहरुलाई स्वदेशमै रोक्नका लागी पनि स्वदेशी
उत्पादनका सामाग्रीहरुको उत्पान आवश्यक रहेको उहाँको भनाइ रहेको थियो ।

त्यसैगरी मेला महोत्सवहरुले स्थानिय भाषा, संस्कृतिको उत्थान समेत गर्ने उहाँले बताउनुभयाे । गण्डकी प्रदेश सभा सदस्य बेद बहादुर गुरुङ (श्याम)ले युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काममा अग्रसर रहेको बताउँदै युनाइटेडले
लिएको उद्देश्य अनुसारको गतिविधीमा सहयोग र साथ दिने बताउनुभयाे । गण्डकी प्रदेशमा आर्थिक गतिविधी बढाउन र पर्यटकीय गतिविधी बढाउनका लागी पोखरा महोत्सवले उल्लेख्य भुमिका खेलेको उहाँको भनाइ रहेको थियो ।

गण्डकी प्रदेश सभा सदस्य भीम कार्कीले पोखरा महोत्सवको पनि महोत्सव भएकाले सम्पूर्णले सहयोग र साथ दिदै सामाजिक सेवामा सहभागी हुन आग्रह गर्नुभयाे। महोत्सवकै आयोजना गरी सामाजिक काम संगै पर्यटकीय गन्तब्य निर्माणका लागि
समेत अगाडि वढ्नु आफैमा चुनौती रहेको बताउँदै यसका लागी सम्पूर्ण पोखरेलीले सहयोग गर्नुपर्ने उहाँको भनाइ रहेको थियो।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्देश्य सवैले लिएपनि पुरागर्न गाह्रो हुने बताउँदै युनाइटेड क्लवले आफ्नो उद्देश्यप्रति कटिवद्ध रहेको एकमात्र क्लब रहेको बताउनुभयाे । पोखराको जिल्ला प्रशासन कार्यालय कास्कीमा धेरै संघ सस्थाहरु दर्ता र नविकरणकै बिच हराइरहदा युनाइटेड क्लव एकमात्र गण्डकी प्रदेश सरकारलाई नै ध्यान केन्द्रीत बनाउने क्लब बनेको बताउँदै पोखरा ताल र हिमाल हेर्ने शहर मात्र नभइ सेती नदीको बारेमा कोही कसैले चासो नदिइरहदा क्लवले
पहलकदमी गरेर सेती खोंचलाई शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा अगाडि बढिरहेकाले त्यसतर्फ प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको समेत बताउनुभयाे ।

राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगका सदस्य जुद्व वहादुर गुरुङले युनाइटेड क्लव संग आफुले स्थापना कालदेखीनै सहकार्य गर्दै आइरहेको र युनाईटेड क्लबले छोटो समयमानै आफुलाई स्थापित बनाउन सफल भएको बताउँदै आगामी दिनमा पनि साथ र सहयोग रहने प्रतिवद्धता ब्यक्त गर्नुभयाे ।

सम्पूर्ण वडाहरुको प्रतिनिधीत्व गर्दै पोखरा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष सन्तोष बास्तोलाले महोत्सव मार्फत आर्थिक चलायामान संगै कला संस्कृतिको जगेर्ना हुने वताउदै युनाइटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक काम अगाडि वढाइरहदा आगामी दिनमा आफ्नो वडा संगै महानरबाट समेत सहयोगका लागि पहल गर्ने बताउनुभयाे ।

त्यस्तै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले महोत्सवलाई सभ्य र भब्य बनाउनका लागी शान्ति सुरक्षाको दृष्टीले कुनैपनि कसर बांकी नराखी सुरक्षा निगरानीलाई चुस्त दुस्त वनाउने बताउनुभयाे । त्यस्तै अमरसिंह माविका प्रध्यानाध्यापक तेजस्वी वरालले युनाईटेड क्लवले अमरसिंहमा महोत्सवको आयोजना गरी सामाजिक कामलाई अगाडि वढाइरहदा अमरसिंह माविको समेत सामाजिक काममा अप्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै युनाइटेड क्लबको हरेक गतिविधीमा सहकार्य गरेर अगाडि वढ्ने बताउनुभयाे । त्यस्तै कोलपाटन आमा समुहको अध्यक्ष सावित्री पौडेलले पोखरा महोत्सवले संघ संस्थाहरुलाई सहभागी बनाइ आफुहरुलाई पनि सामाजिक भावमा सहकार्य गराउन सफल भएको बताउनुभयाे ।

युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाईटेड क्लवले एघारौं संस्करण सम्म आइपुग्दा पोखरामा खुल्ला पर्यटकीय चिडियाखाना निर्माणलाई प्रारम्भ गर्न सफल भएको र एघारौँ महोत्सवदेखी पोखराको बीच भाग भएर बग्ने सेती नदीलाई एक शाहसिक पर्यटकीय गन्तब्य निर्माणमा पहलकदमी गर्ने र आफ्नै जग्गा भएको लेखनाथको अर्चलेमा बहुद्देश्यीय भवन निर्माण गरी जेहेन्दार विद्यार्थीहरुका लागि आवाशिय ब्यवस्था सहितको शिक्षालय निर्माण गर्न तर्फ लाग्ने उहाँले बताउनुभयाे । शिक्षा, स्वास्थ्य खेलकुदका गतिविधीलाई भने निरन्तरता दिने उहाँको भनाइ रहेको थियो ।

युनाइटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राख्नुभएकाे थिएभने महासचिव दिनेश सुनारले कार्यक्रमको सञ्चालन गर्नुभएकाे थियाे । यसैगरी महोत्सव पूर्व पोखरा रंगशालादेखी महोत्सव स्थल सम्म झांकी तथा र्यालीको आयोजना गरिएको थियो । उक्त झांकी तथा र्यालीमा झांकी
तर्फ नेपाल मगर संघ रामबजार इकाइले प्रथम स्थान हासिल गरेको छ । भुरुँदीस्यो बौद्ध अर्घौ तमु समाज द्धीतिय, डढुवा दुर्छा लम्जुङ तमु समाज तृतिय र थारु समाज कास्कीले शान्तवना स्थान हासिल गर्न सफल भयोभने र्याली तर्फ ब्रह्मकुमारी
इश्वरीय विश्वविद्यालय राजयोग प्रशिक्षण केन्द्र पोखरा १० प्रथम, सुनकोशी आमा समुह पोखरा १० द्धीतिय, नेपाल तामाङ घेदुङ संघ कास्की तृतिय र नागवेली शिर्जनशील आमा समुहले सान्तवना स्थान हासिल गर्न सफल भयो ।

महोत्सवको पहिलो दिन लोकदोहोरी तर्फ प्रजापति पराजुली, जीवन दहाल,चोलेन्द्र पौडेल, शिवहरी ढुंगाना, सरला पाण्डे, तुलसाजिसी, रमा राना, दिपकअधिकारी लगायतले लोकदोहोरी मार्फत दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नुभएकाे थिएभने सांझको लाइभ कन्सर्टतर्फ रहस्य र सैनिक साभियरको प्रस्तुती रहेको थियो । महोत्सवको दोश्रो दिन लोकदोहोरीतर्फ पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, बबिता बानिया (जेरी), शिवहरी ढुंगाना, कृष्ण सुवेदी, जीवन सिग्देल,प्रदिप त्रिपाठी, दुर्गा क्षेत्री, तुलसा जि.सी. नवराज अधिकारी लगायतको प्रस्तुती रहनेछभने हास्य ब्यङ्ग्य तर्फ कमेडियन जादुगर दिपक थापा मगरको प्रस्तुती
रहनेछभने लाईभ ब्याण्ड तर्फ द स्क्रयाच जर्नीको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिनुभयाे ।

एघारौं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजक रवि एण्ड सन्नी इण्डष्ट्रिज प्रालिको बेट्टर होम एपलाएन्सेस,प्रायोजकहरुमा रारा तयारी चाउचाउ, योकोहामा जापानिज ल्याङ्ग्वेज एण्ड ट्रेनिङ कन्सल्टेन्सी, वण्डर स्वीच एण्ड एससोरिज, युएनआइ एक्सपर्ट एलईडी लाइटिङ, युनाईटेड युथ सर्कलयुएसए, सिजी हार्डवेयर एण्ड सप्लायर्स, स्काईलिंक टेक्नोलोजी, फिस्टेल
ड्रिमपार्क रहेको छ । त्यसैगरी अफिसियल बैंकमा ग्रीन डेभलपमेन्ट बैंक,अफिसियल पानीमा एक्वा रिउस पानी, अफिसियल इन्टरनेटमा वल्र्डलिंक कम्युनिकेशन प्रा.लि. आफिसियल इन्स्योरेन्समा सगरमाथा इन्स्योरेन्स रहेको छ भने प्रवद्र्धकमा नेपाल टुरिजम वोर्ड र विशेष सहयोगी संस्थामा पोखरा महानगरपालिका, अमरसिंह मावि रहेको छ । त्यसैगरी सहयोगी संस्थामा युथ
कम्युनिटी क्लव रहेको छ । त्यसैगरी मिडिया पार्टनरहरुमा एबीसि न्युज टेलिभिजन, फेवा टेलिभिजन, समाधान राष्ट्रिय दैनिक र एभरेष्ट एफएम ९३ मेघाहर्ज रहेका छ ।

प्रतिक्रिया दिनुहोस्

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।


आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन

विज्ञापन

101 Talks Coming Soon | The Voice of Ideas
https://www.youtube.com/
काठमाडौं

बिहिबार, माघ २६, २०७९

८.८३°

-
Mist

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्
झाँक्रीले गर्नुभयो राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना
रास्वपालाई गगन थापाको प्रश्न, सरकारमा किन गएको ?
राष्ट्रियसभा उपनिर्वाचनको मतदान हुँदै
नेता देउवाविरूद्ध सर्वोच्चमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ

विचार/विविधा

थप देखाउनुहोस्
विचार
रवि लामिछानेले गृहमन्त्री नपाएको झोकमा जे पायो त्यही बोलेको एलिजाको...

ऋषीलाई जोकरको संज्ञा दिएको देख्न सकिन्छ । उहाँले पोस्ट लगत्तै धेरैले रविका नै प्रशंसा गरेका छन् भने कतिले त एलिजालाई...

विचार
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त ?

यस दिन मानिसहरूले आफ्नो प्रेम र सम्मानको प्रतीकको रूपमा आफ्नो प्रेम देखाउन, अर्पण गर्न र विश्वास गर्न आफ्नो पार्टनरलाई विभिन्न...

विचार
‘यशोधरा’ लोकार्पण, पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो ।

खेलकुद समाचार

थप देखाउनुहोस्

Premier League

ARS

4

:

2

BHA

FULL TIME

Premier League

MCI

1

:

1

EVE

FULL TIME

Premier League

MUN

1

:

0

WOL

FULL TIME

Premier League

LEI

1

:

2

LIV

FULL TIME

नेप्से

Index Name
Index Value
Change Percentage

Nepse

2162.92

-0.73%

Sensitive

412.90

-0.52%

Float

152.28

-0.67%

Sen. Float

138.79

-0.49%

Banking

1416.52

1.06%

Development Bank

3834.83

-2.43%

Finance

1807.44

-0.36%

Life Insurance

10626.73

-0.81%

Non Life Insurance

9093.21

-1.31%

Microfinance

4779.86

-1.01%

Mutual Fund

15.04

0.54%

Hotels And Tourism

3225.73

-2.25%

Investment

69.40

-1.96%

HydroPower

2630.68

-2.79%

Manu.& Pro.

5220.28

-1.36%

Trading

2310.13

-0.09%

मनोरञ्जन समाचार

थप देखाउनुहोस्
सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणीको ‘बावडी’ मा आज विवाह
‘रोज डे’ मा किन प्रेमजोडीले एकअर्कालाई गुलाफ दिन्छन् त...
फिल्म ‘द अनब्रेकेबल : अगस्त्य’ का लागि अभिनेता नाजिर...
गायिका अबुन पाण्डेको ‘ए चरी’ सार्वजनिक (भिडियो)