fbpx

पोखरा महोत्सवको फुड पार्टनरमा पोखरा सेकुवा घर

author

समाचारपाटी

१ महिना अगाडि

पोखरा । आगामी पुषको २५ देखी माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने तेह्रौं संस्करणको पोखरा महोत्सवलाई अमरसिंहचोकमा रहेको पोखरा सेकुवा घरले फुड पार्टनरमा रही सहकार्य गर्ने भएको छ । महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापा र पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङ बीच पोखरा महोत्सवलाई सफल पार्न एक अर्का बीच सहकार्य गर्ने सहमति भएको छ ।

सहमति पत्रमा हस्ताक्षर गर्दै पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले हालै सञ्चालनमा आएको पोखरा सेकुवा घरले पोखराको ब्राण्डको रुपमा रहेको पोखरा महोत्सव संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । युनाईटेड क्लब पोखराले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडी वढिरहदा तेह्रौ संस्करणको पोखरा महोत्सवमा सहकार्य गरेर आफ्नो व्यवसायको प्रवद्र्धन संगै सामाजिक काममा सहकार्य गर्न पाउदा निकै खुसी लागेको बताए ।

महोत्सव स्थल अमरसिंह चौरको पूर्वतर्फ रहेको पोखरा सेकुवा घरले पोखरा महोत्सव अवधिभर महोत्सवमा आउने दर्शकलाई फुड आइटममा १० प्रतिशत छुट उपलब्ध गराउने सञ्चालक गुरुङले वताए । पोखरा सेकुवा घरमा चिकन, मटन, बफ, पोर्क सेकुवा संगै खाजाका विभिन्न परिकारहरु उपलब्ध रहेको छ । सेकुवा घरमा एकै पटकमा दुई सय जनाको क्षमता रहेको र तीस जना अट्ने बैठक हल समेत रहेको र हाल १३ जनाले प्रत्यक्ष रोजगार पाएका छन ।

पोखरा सेकुवा घरका सञ्चालक चिन बहादुर गुरुङले अमरसिंह र लेकसाइडमा पोखरा मिट मार्ट समेत सञ्चालन गर्दै आइरहेको र अघिल्लो संस्करणको पोखरा महोत्सवमा समेत मिट मार्टको तर्फबाट महोत्सवमा सहकार्य गर्दै आइरहेको छ ।

सो अवसरमा वोल्दै महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले पोखरा सेकुवा घर जस्तै सहयोगीहरुको साथ र सहयोगलेनै पोखरा महोत्सव १३ औं संस्करण सम्म आइपुगेको वताउदै पोखरा सेकुवा घर संघ सहकार्य गर्न पाउदा गर्व लागेको वताए । सो अवसरमा महोत्सव आयोजक युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ, महासचिव दिनेश सुनार, सदस्य पूर्ण कुमार श्रेष्ठ, सल्लाहकार रमेश बहादुर कार्की लगायतको सहभागीता रहेको थियो ।


काठमाडौं

आइतवार, माघ ६, २०८१

२१.५५°

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

विज्ञापन

तेह्रौ पोखरा महोत्सव – २०८१

https://www.facebook.com/

कुनै विज्ञापन छैन

राजनीतिक समाचार

थप देखाउनुहोस्

डा. निकोलस भुसाल ५० हजार धरौटीमा छुटे

सरकारले संसद् छली अध्यादेश ल्याएकोमा दलहरूको आपत्ति

निर्माण व्यवसायीका समस्या सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटमु

एमालेको कारबाहीपछि भीम रावल धनगढीमा ओलीविरुद्ध नाराबाजी

विचार/विविधा

थप देखाउनुहोस्
विचार

एउटै जुन हेर्दै

हामी एउटै आकाशमुनि छौँ,एउटै जुनको उज्यालोमा समेटिएका छौँ।लाग्छ, यो जुनलाई पनि थाहा छ,हामी दुई टाढा भए पनि जोडिएका छौँ। तिमी...

विचार

मलाई म नै हुन देउ

मलाई म नै हुनु छ,मलाई म नै हुन देउ।यो संसारको रङमा रङ्गिनु छैन,मेरो आफ्नै अस्तित्वको रङ्गलाई बाँच्न देउ। भीडको आवाजमा...

विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

ज्योतिराज राईको ‘नाक्छोङ’ ले मोरङबाट थाल्यो छायांकन

गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने, मेलिना राईले गरिन इंगेजमेन्ट

नाटक ‘महासत्व’ टेकुस्थित कौशी थिएटरमा

नेपाली चलचित्र पीताम्बरको टिजर सार्वजनिक

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन