गणेश पहारी । पोखरा । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । अधिबेशनको उद्घाटन गर्दै गण्डकी प्रदेशका माननिय प्रकाश बरालले “सहकारीको महत्व जति दुरदराज गाउँका मानिसहरुमा छ, शहर बजारका मानिसमा महत्व कम भएको भन्दै संचालकहरुले सहकारीको उद्देश्य र सिद्धान्तमा रहेर सहकारीलाई संचालन गर्नु पर्ने” बताउनुभएकाे छ। गाउँघरमा घर खर्च चलाउन छोरा छोरी पढाउन देखी विदेश पठाउन पनि सहकारीको भर पर्ने गरेको स्मरण गर्दै, सहकारीले आफ्ना सदस्यहरुको सहयोगका लागि नयाँ योजना ल्याउन पर्नेमा जोड दिनुभयाे । उहाँले सहकारीले शेयर सदस्यहरुको बचत रकम कस्तो क्षेत्रमा लगानि गरेको छ, लगानिको बारेमा शेयर सदस्यहरुलाई बुझ्न आग्रह गर्नुभयाे ।
पोखरा महानगर पालिका वडा न ६ का पूर्व वडा अध्यक्ष तथा पहारी कुल संरक्षण समितिका राष्ट्रिय अध्यक्ष जगत बहादुर पहारीले सहकारीलाई सफल र सक्षम बनाउनका लागि सम्र्पूण सदस्यहरुले आफ्नो सहकारीमा कारोबार गर्ने आग्रह गर्नुभयाे । सरकारले सहकारीलाई ब्यवस्थित बनाउनका लागि सहकारी ऐन र नियमावली लाई कडाइ साथ लागु गर्नु पर्नेमा जोड दिनुभयाे ।
अध्यक्ष नारायण पहारीले सहकारीको माध्यमबाट गाउँको र शहरको सम्वन्ध जोड्ने र गाउँको उत्पादनलाई शहरमा ल्याइ शहरको पुजिलाईलाइ गाउँमा लैजाने उदेश्यले सहकारी स्थापना भएको बताउनुभयाे । शहरमा बस्ने ब्यक्तिहरुलाई सुलभ स्वास्थ बस्तु उपभोग गर्ने बाताबरण सृजना गरि सदस्यहरुको सुखी सम्वृद्दि बनाउने आफ्नो परिकल्पना रहेको सुनाउनुभयाे । अध्यक्ष पहारीले सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने, नयाँ कार्यक्रमहरु ल्याइने बताउनुभयाे ।
प्राधापक तथा शेयर सदस्य दिपेन्द्र पहारीले सहकारीले निम्न आर्थिक स्तर भएका सदस्यहरुको जिवन स्तर उकास्न सके मात्र सहकारीको महत्व बढ्ने बताउनुभयाे । मयूर बहुउद्दिश्य बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनराज खडकाले सस्थाका शेयर सदस्यहरुले सहकारीले दिएको बोनस लाई मात्र महत्व दिन नहुने बताउनुभयाे ।
२०७५ सालमा स्थापना भएको सहकारीमा ३ करोड ४ लाख १६ हजार ७ सय शेयर पुजि रहेको छ । ७ करोड १ लाख ४२ हजार ३० रुपैया भन्दा बढी लगानि गरेको सहकारीमा ४ करोड ८२ लाख २२ हजार ७ सय २४ रुपैया निक्षेपमा रहेको कार्यक्रममा सुनाइयो । सहकारीमा हालसम्म ९ सय ५४ जना शेयर सदस्य रहेको सहकारी ले पोखरा महामनगर पालिका वडा नं–६ खहरेमा सेवाकेन्द्र स्थापना गरि शेयर सदस्यहरुलाई सेवा प्रदान गरेको छ ।
सदस्य राधा अधिकारी कोइराला पराजुलीले सात सिद्धान्त वाचन गरि सुभारभ्भ गरिएको कार्यक्रमा सदस्य शक्ति प्रधानाङ्गले स्वागत मनतब्य राख्नुभएकाे थियाे । अध्यक्ष नारायण पहारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीलाई सहयोगर्ने, असल ऋणी, नियमित बचत कर्ता र असल कर्मचारी लाई सम्मान गरिएको अध्यक्ष पहारीले बताउनुभयाे । सचिब दुर्गादत्त अधिकारी प्रगति प्रतिबेदन र कोषाअध्यक्ष सनोज पहारी ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सभामा सर्वसम्मत पारित गरिएको थियो ।