काठमाडौं I नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले विराटनगर किङ्ग्सलाई 'सुपर ओभर' मा १३ रनले पराजित गर्दै दोस्रो जीत हात पारेका छ । पहिलो पटक 'सुपर ओभर' पुगेको खेलमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रनमात्र बनाउन सक्यो।
विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो। पोखराका आन्द्रेस गौसले ३९ र रेमोन रेफरले नटआउट ३४ रन बनाए। प्रतिस जिसीले ४ विकेट लिँदै विराटनगरका लागि उत्कृष्ट प्रदर्शन गरे।